जेष्ठ २, २०८१ बुधबार

पीडक पक्षलाई दवाव दिन अस्पताल बसेको हो, बन्धक भएको होइन : यामबहादुर

बिर्तामोड । बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार सकेर एउटा दम्पत्ति फैसलाको पर्खाइमा बसेका छन् । अस्पतालले डिस्चार्ज दिए पनि फैसलाको पर्खाइमा अस्पताल नै बसिरहेको झापा शिवसताक्षी–२ का याम बहादुर श्रेष्ठले बताएका छन् । अस्पतालमा आवश्यक हेरचाह र उपचार भइरहेको भन्दै बन्धक नभएको स्पष्ट पारेका छन् ।

मोटरसाइकलमा सवार भइरहेको बेला रिजालको ग्यास कम्पनीको गाडिले ठक्कर दिएपछि श्रेष्ठ दम्पत्ति गम्भीर घाइते भएका थिए । उनीहरु ६ महिनादेखि विएण्डसीमा उपचार गरेर बसिरहेका छन् । श्रेष्ठको एउटा खुट्टा काटिएको छ भने श्रीमतिलाई विभिन्न भागमा चोटपटक लागेको थियो । दुवै जना अहिले पनि हिड्न सक्ने अवस्थामा छैनन् । अस्पतालमा उपचार गरेको खर्च ४२ लाख पुगेको छ । सो रकम ठक्कर दिने गाडि साहुले उपलब्ध गराउनु पर्ने श्रेष्ठ परिवारको माग छ । तर, गाडिका साहु सम्पर्कमा नहुँदा उनीहरु दोधारमा परेर घर पनि जान सकिरहेका छैनन् ।

यामबहादुरले भने– ‘बाँचिएला भन्ने थिएन । विएण्डसीले हामीलाई नयाँ जीवन दिएको छ । तर, पीडक पक्ष सम्पर्कमा नआउँदा गाह्रो भएको छ । यहाँबाट घर गयौं भने, ठक्कर दिने पक्ष झनै हाम्रो विपक्षमा उभिन्छ भन्ने त्रासले अस्पताल नै बसिरहेका छौं । जिल्लामा मुद्धा भएकाले फैसला पर्खिएर घर जाने भन्ने हाम्रो सोच हो । ’ परिवारको सल्लाह मै अस्पताल बसिरहेको उनको भनाई छ ।
पीडितका भाई खेमबहादुरका अनुसार अस्पतालले अहिले पनि आवश्यक हेरचाह गरिहरेको छ । हामी जिल्लाको मुद्धामा फलोअपका लागि लागरिहेका छौं । संभवत, सोमवार तिर फैसला हुने प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको छ । त्यो समय पर्खिएर बसिहरेको भाई खेमले भने ।

गत फागुनमा कनकाईमा को.१ ख १६८४ नम्बरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो ट्रक बिराटनगरस्थित रिजाल ग्यासको रहेको र उक्त उद्योगका सञ्चालक नवीन रिजाल रहेको प्रहरीको भनाई छ ।

अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले विरामीको उपचार भन्दा पैसा प्राथमिक विषय नभएको बताएका छन् । उनले भने, यदि पैसा प्राथमिक विषय थियो भने हामी उहाँसँग सबै पैसा जम्मा नगरी उपचार नै गर्ने थिएनौं ।

प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]