जेष्ठ ५, २०८१ शनिबार

विएण्डसीमा खुट्टा जोडेका विष्टद्धारा आत्महत्या

कनकाई । दुई वर्ष पहिले सडक दुर्घटनामा परि आफ्नो खुट्टा गुमाएका झापा कनकाई नगरपालिका– ३ सुरुङ्गाका ५५ वर्षीय गोपाल विष्टले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन् ।


विष्टले आइतवार राती करिव ८ बजे आफ्नै घरको सिलिङ पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् । विष्ट २ बर्ष पहिले सुरुङ्गा चोकमा गम्भीर सडक दुर्घटनामा परि खुट्टा गुमाएका थिए । तर, विर्तामोडस्थित विएण्डसी हस्पिटलमा विष्टको सफल उपचारपछि छिनेको खुट्टा जोडिएको थियो ।

विएण्डसी अस्पतालले छिनेको खुट्टा जोडिएपछि यसको प्रचार देश विदेशमा समेत भएको थियो । विष्टको उपचारका लागि दुर्घटनाका बस मालिकले २८ लाख रुपैँया खर्च गरेको बताइएको छ । तर विष्टको छिनेको खुट्टा जोडिएको खुसी भने लामो समय रहेन् । केहि महिनापछि नै छिनेको खुट्टा पाकेर पुन काट्नु परेको थियो ।


यसपछि लायन्स क्लव सुरुङ्गाको अगुवाइमा विदेशी दातृ संस्थाले विष्टलाई अस्थायी खुट्टा लगाइदिएको कनकाई लायन्स क्लवका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले जानकारी दिए । लायन्सकै अग्रसरतामा ट्राई साइकल समेत प्रदान गरिएपछि खुट्टा गुमाएका विष्ट भारत पानीट्याङ्गीबाट चिनि , मटर लगायातका सामान ट्राई साइकलमा ल्याएर आफ्नो गुजारा गर्दै आइरहेका थिए ।

विष्टको घरमा आफ्ना भाइसँग सिमानाका वारेमा विवाद भई झगडा भएको र यसबाट घाइते बनेका विष्ट विर्तासिटी अस्पताल विर्तामोडमा उपचारपछि घर आएका थिए । उनले आफ्ना छोरीलाई आफुले न्याय नपाएको बताएको केहि मिनेटमै विष्टले आत्महत्या गरेका थिए । यद्धपि विष्ट दाजुभाइको झगडा भने इलाका प्रहरी कार्यालय सुरुङ्गामा मिलाइ सकिएको थियो । विष्टको आजै पोस्टमार्टम गरि कनकाईमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]