बैशाख १७, २०८१ सोमबार

प्रदेश १ मा ३०५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०५ जनामा कोरोना संक्रमण भएको छ । ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७०, सुनसरीमा ६३, झापामा २९, धनकुटामा ९, इलाममा १ र प्रदेश १ बाहिका ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५३, पथरीशनिश्चरेमा १२, रतुवामाई र स्थानीय तह नखुलेका २–२ र कानेपोखरीमा १ जना, सुनसरीको इटहरीमा ४५, धरानमा १३, दुहवीमा २, बराहक्षेत्र, रामधुनी स्थानीय तह नखुलेका १–१, झापाको दमकमा १३, विर्तामोडमा ६, भद्रपुरमा ४, मेचीनगरमा ३, गौरादह, शिवसताक्षी र कचनकवलमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, छथरजोरपाटी र महालक्ष्मीमा १–१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शनिवार ३९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०१ म्हिला र १९० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार  ५ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]