बैशाख १७, २०८१ सोमबार

कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित

काठमाण्डाै – कोरोना विरुद्धको खोप गर्भवती र सुत्केरीलाई पनि सुरक्षित रहेको विज्ञले बताएका छन् । उनीहरुलाई खोप सुरक्षित हुने भनिए पनि कहिले खोप दिने भन्ने बारे निर्णय भइसकेको छैन ।

निर्णय नभए पनि स्वास्थ्य मन्त्रालयले भने अब गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी थालिसकेको छ ।  यसअघि गर्भवती र सुत्केरीलाई खोप नलगाउन आग्रह गरिएको थियो । तर, अहिले जोखिमको आधारमा कोरोना भाइरसविरुद्धको खोप दिनुपर्छ भनेर सिफारिस भएकाले गर्भवती तथा स्तनपान गराइरहेका महिलालाई पनि खोप दिने तयारी गरिएको  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो ।

गर्भवतीलाई कहिले र गर्भ बसेको कति औँ महिनामा खोप दिने भन्नेबारे छिट्टै निर्णय हुने उहाँले बताउनुभयो । खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार ३५ वर्षभन्दा माथिका गर्भवतीमा उच्च रक्तचाप, मधुमेह, मोटोपन छ भने जोन्सन एण्ड जोन्सन खोप दिन सिफारिस गरिएको छ ।

उहाँले खोप लगाउने मिति तोेकिए पछि विना कुनै हिचकिचाहट खोप लगाउन आग्रह गर्नु भएको छ । यसैबीच, स्वास्थ्य मन्त्रालयले आउँदो पुस, माघसम्ममा १२ देखि १८ वर्षका उमेर समूहकालाई पनि कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ ।

अहिलेसम्म जोखिममा रहेका समूहलाई खोप दिइएको र अब १२ देखि १८ वर्षका उमेर समूहमा खोप दिने तयारी भएको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयले नेपालमा बस्ने जुनसुकै देशका नागरिकले पनि खोप पाउने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]