बैशाख १७, २०८१ सोमबार

बिरिङ खोलामा ३ वर्षीय नावालकसहित महिलाको शव फेला

बिर्तामोड । कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृत भेटिनेमा ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विक रहेका छन् ।

मोरङ सुनबर्शी नगरपालिका बस्ने स्वर्गीय दिलिप लोहारको श्रीमति उमा कनकाई – ८ मा माईती घर बस्दै आएकी थिइन् । उनी शनिवार राती माइती घरबाट नावालक छोरा बोकेर हिडेकी थिइन् । यस्तै, छोराको शव दिउँसो कनकाई ६ स्थित विरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । उमाको शवलाई पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ भने छोराको शव सुरक्षित राखिएको छ ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार  २ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]