बैशाख १७, २०८१ सोमबार

थप १ हजार ८९ जनामा कोरोना पुष्टि, २० को मृत्यु

काठमाडौं : ७९ सय ७१ नमूना परीक्षणमा १ हजार ८९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका ७९ सय ७१ मा १ हजार ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५१ सय ७० नमूनाको पीसीआर र २८ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये ९७६ जनाको पीसीआर र ११३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आइतबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ। यस्तै आज थप १५ सय ३४ जना कोरोनामुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ छ। पछिल्लो २४ घन्टामा ५३ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

आइतबारसम्म ५२३ जनाको आइसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 ७९ सय ७१ नमूना परीक्षणमा १ हजार ८९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका ७९ सय ७१ मा १ हजार ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

५१ सय ७० नमूनाको पीसीआर र २८ सय १ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये ९७६ जनाको पीसीआर र ११३ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आइतबार कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८३८ पुगेको छ। यस्तै आज थप १५ सय ३४ जना कोरोनामुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ छ। पछिल्लो २४ घन्टामा ५३ हजार १८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

आइतबारसम्म ५२३ जनाको आइसीयू र १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]