जेष्ठ ५, २०८१ शनिबार

प्रहरी देखेर हिराको औंठी, ड्रोन क्यामेरासहित ८ लाखको सामान छोडर भागे चोर

सिएम शर्मा

सुरुङ्गा । केहि दिन यता सुरुङ्गामा चोरीका घटना बढ्दै गएको छ । यस्ता घटना बढिरहेकै बेला पछिल्लोपटक सोमबार बिहानको राति पनि करिब ८ लाख बराबरको सामग्री चोरी भयो । तर अचम्को कुरा घरमै भएका घर धनिलाई यतिका सामान चोरी भएको पत्तै भएन ।


सोमबार बिहानको राति करिव १ बजेर ४५ मिनेटको समयमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाबाट हबल्दार खेमराज पोखरेलको कमान्डमा रहेको गस्ति टोलीले कनकाई नगरपालिका– ४ स्थित लक्ष्मी पाण्डेको सालिक नजिकै चोरीको सामान फेला पारेको थियोे । गस्ती टोली मोटर साईकलमा रहेको र लगभग तीन चार सय मिटर टाढैबाट मोटरसाइकलको प्रकाश परेपछि चोरले साईकल र चोरिएको सामान छोडेर भागेकाले चोरलाई समात्न नसकिएको हबल्दार पोखरेलले बताएका छन् ।


भेटिएको समानमा हिराको औठि २ थान , एचपि पाभेलियन कम्पनीको मोडल ३१६५ एन जि डब्लु को ल्यापटप १ थान , ओपो कम्पनीको रातो रङ्गको एएसएस मोबाइल १ थान , मनसी ५ क्यु मोडलको ड्रोन क्यामरा १ थान र क्यानन् कम्पनीको लेन्स सहितको डिजिटल क्यामरा १ थान रहेको छ ।


प्रहरीले भेटिएको ल्यापटपमा कनकाई नगरपालिका–३ स्थित नयाँबस्तीका विकास भण्डारीको डाटा भेटेपछि सामग्री धनी पहिल्याउँदै धनिकामा पुग्दा विकासका पिता विनोद भण्डारीले सामान चोरी भएको थाहै नभएको तर बिहान मोवाइल नभेटेको र यतै कतै परेको होला भेटिहालिन्छ भनी ढुक्कसँग बसेको बताएका थिए । प्रहरी पुगेपछि कोठामा गएर सामान राखेको ठाउँमा हेर्दा सामान नदेखेपछि मात्र चोरी भएको थाहा पाएको भण्डारीले बताए ।


उक्त सामग्री ईलाका प्रहरी कार्यलय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले स्थानीय व्यवसायी लिला चिमरिया , प्रेम प्रकाश चुडाल लगायत सञ्चारकर्मी समेतको उपस्थितिमा विनोद भण्डारीलाई सोमबार नै जिम्मा लगाएका छन् ।

सुरुङ्गामा चोरीका घटना बढ्दै गएको , सवारी दुर्घटना बढेको र अहिलेको सुरक्षाले धान्न कठिनाई भइरहेको र अव सुरुङ्गामा इनिस्पेक्टर सहितको कम्तिमा पनि ५० जना सम्मको सुरक्षा टोलीको आवश्यकता देखिएको र सिसि क्यामेराको हकमा सबै निकायबाट पहल गरि चाडै जडान गर्नुपर्ने पनि उपरीक्षक थापाले बताएका छन् ।


यता, आफुलाई नै चोरी भएको थाहा नै नभई राखेको ८ लाख बराबरको आफ्नो सामग्री प्रहरीले फेला पारेर जस्ताको तस्तै आफुलाई हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्दै प्रहरी प्रशासनलाई धन्यवाद दिदै र समाजमा शान्ति सुरक्षा कायम राख्न आगामी दिनमा पनि गस्तीमा जान सहज होस भन्दै गाडिमा ५ हजारको तेल हालिदिने सामाग्री धनी विनोद भण्डारीले वचन दिएका छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]