बैशाख १७, २०८१ सोमबार

१८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार ८९७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ। कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन्। 
गत २४ घण्टामा १ अजार ७४३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ। 

उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ। 

हाल २८ हजार ९११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन्। २६० जना क्वारेन्टाइन, ५१२ जना आइसीयू र १६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]