सुशासन पत्रकारिता पुरस्कार पोखरेललाई
बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा सम्मानित हुने भएका छन् । उनलाई नेपाल निजामती कर्मचारी संगठन झापाले सम्मान गर्न लागेको हो ।

कर्मचारी संगठन झापाबाट स्थापित स्व. प्रमोद तामाङ्ग उत्कृष्ट राष्ट्र सेवक पुरस्कार – २०७५ बाट प्रमुख प्रशासकीय अधिकृत खतिवडालाई पुरस्कृत गर्ने घोषणा भएको छ ।

यस्तै, सुशासन पत्रकारिता पुरस्कार –२०७५ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सम्मानित हुने भएका छन् । भदौं १५ गते स्व. प्रमोद तामाङ्गको स्मृति दिवसमा सम्मान गरिने कर्मचारी संगठनका नेता देवराज कार्कीले जानकारी दिए ।