बैशाख १७, २०८१ सोमबार

थप १६ सय ७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं : १,५०३४ नमूना परीक्षणमा १६ सय ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणा गराएका १५०३४ मा १६ हजार ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

११ हजार १११ नमूनाको पीसीआर र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये १४ सय २३ जनाको पीसीआर र २५४ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मंगलबार कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ५७९ पुगेको छ। यस्तै आज थप २,०७२ जना कोरोनामुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३,०३०३ छ। पछिल्लो २४ घन्टामा २,०७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

मंगलबार ५१४ जनाको आइसीयू र १५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]