बैशाख ६, २०८१ बिहीबार

विरिङ खोलामा बालकको शव फेला, एक जना अझै वेपत्ता

बिर्तामोड । झापाको बाह्रदशीमा बालकको शव फेला परेको छ । प्रहरीका अनुसार सो शव बाह्रदर्शी –२ बस्ने रोहित मलिकको ११ वर्षीय छोरा सागर मलिकको हो ।

सोहि ठाउँका सन्तोष मलिकका १२ वर्षीय छोरा बादल मलिक र सागर मलिक घरबाट साईकलमा खेल्न भनी हिडेको थिए । स्थानीय घाग्रा खोलाको किनारमा साईकल र लगाएको कपडा फेला परेको हुँदा प्रहरीले खोजी गर्दा बाह्रदर्शी –१ सिप्ताबारी नजिक बिरीङ खोलामा (साईकल तथा कपडा फेला परेको स्थान भन्दा ८/९ किमि दक्षिण) मा आज विहान ८ बजे सागरको शव भेटिएको प्रहरलिे जानकारी दिएका छन् ।


उनीसँगै वेपत्ता रहेका बादल मलिक भने फेला नपरेको प्रहरीले जानकारी दिएका छन् । उनको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : श्रावण १४, २०७६ मंगलबार  १२ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]