बैशाख १३, २०८१ बिहीबार

कुवेत विमानस्थलमा काम गर्ने दुई झापालीको ढिस्कोले पुरिएर मृत्यु

झापा । वैदेशिक रोजगारका लागि कुवेत गएका झापाका दुई व्यक्तिको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड- १० विराट पोखरका ३८ वर्षीय यामबहादुर कटुवाल र बाह्रदशी – ५ का ५० वर्षीय सुकलाल राजवंशी रहेका छन् । कुवेतको लिमाक इन्टरनेशनल कम्पनीको लागि त्यहाँस्थित अन्तर्राष्ट्रिय एयरपोर्टमा काम गर्दै गरेका उनीहरूको हिजो ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएर अर्का एक घाइते भएका छन् ।

ढिस्कोले तीन जना पुरिएका थिए । उनीहरूलाई ४ घण्टामा उद्धार गरिएको अरब टाइम्सले जनाएको छ । कटुवाल २ वर्ष १० महिनाअघि दुबई ओभरसिजमार्फत कुवेत गएका थिए । उनी यही दसैँमा छुट्टी मिलाएर घर आउने भएका थिए । ‘अचानक आज बिहान ६ बजेतिर त्यस्तो खबर आयो’ उनका बुवा दुर्गा कटुवालले भने । मृतक कटुवालका माहिला दाजु पनि हाल सोही कम्पनीमै कुवेतमै कार्यरत छन् । सोही दुर्घटनामा बाह्रदशीका राजवंशीको पनि मृत्यु भएको हो । उनी केही वर्षदेखि कुवेतमा कार्यरत थिए ।

प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार  ६ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]