जेष्ठ ५, २०८१ शनिबार

कला प्रदर्शनीले बंगलादेश–नेपालको मित्रता प्रगाढ

बंगलादेश– नेपाल मित्रता कला प्रदर्शनी साउन १४ गते मंगलबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा आरम्भ भएको छ ।


एक समारोहका बीच नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले बन्धुत्व शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दैै राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गरिन् ।

भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको बताउँदै राजदूतले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखेकी छन् ।


यस्तै विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्नुुहुँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समूहलाई हार्दिक धन्यवाद दिनुभयो । कुलपति कर्माचार्यले यस प्रर्दशनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।


उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका बंगलादेशी कलाकार एवम् चारुर मित्र कलाकार समूहका संयोजक तैमुर हन्नानले नेपाल र बंगालदेशका कलाकारहरु सम्मिलित यो प्रदर्शनीको सफलताले आफूलाई सन्तोष र थप उत्साह मिलेको बताउनुभयो ।

यस प्रदर्शनीको सफलताबाट उत्साहित भएर आफूले नेपाल, बंगलादेश र भारतका कलाकारहरु सम्मिलित अर्को कला प्रदर्शनी आयोजना गर्ने र त्यो त्रिदेशीय प्रदर्शनी भारतको नयाँ दिल्लीमा हुने उहाँले उद्घोष गर्नुभयो ।
चार दिवसीय प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् ।
प्रर्दशनीमा नेपाली कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन् ।


यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
साउन १७ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा सहभागी हुन पाँच जना बंगलादेशी कलाकार काठमाडौं आएका छन् ।

नेपाल मित्रता कला प्रदर्शनी साउन १४ गते मंगलबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा आरम्भ भएको छ ।
एक समारोहका बीच नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले बन्धुत्व शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटन गरेकी छन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दैै राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गरिन् । भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको बताउँदै राजदूतले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखेकी छन् ।


यस्तै विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्नुुहुँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समूहलाई हार्दिक धन्यवाद दिनुभयो । कुलपति कर्माचार्यले यस प्रर्दशनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।


उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका बंगलादेशी कलाकार एवम् चारुर मित्र कलाकार समूहका संयोजक तैमुर हन्नानले नेपाल र बंगालदेशका कलाकारहरु सम्मिलित यो प्रदर्शनीको सफलताले आफूलाई सन्तोष र थप उत्साह मिलेको बताउनुभयो ।

यस प्रदर्शनीको सफलताबाट उत्साहित भएर आफूले नेपाल, बंगलादेश र भारतका कलाकारहरु सम्मिलित अर्को कला प्रदर्शनी आयोजना गर्ने र त्यो त्रिदेशीय प्रदर्शनी भारतको नयाँ दिल्लीमा हुने उहाँले उद्घोष गर्नुभयो ।
चार दिवसीय प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् ।
प्रर्दशनीमा नेपाली कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन् ।


यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
साउन १७ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा सहभागी हुन पाँच जना बंगलादेशी कलाकार काठमाडौं आएका छन् ।

प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार  १२ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]