चैत्र १६, २०८० शुक्रबार

थप ९ सय ११ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडौं : ११०१८ नमूना परीक्षणमा ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टमा ७८ सय ७८ नमूनाको पीसीआर र ३१ सय ४० नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ८३८ र एन्टिजेनबाट ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १४ सय २३ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ।

पछिल्लो २४ घन्टामा १०४४९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै ४५४ जना आइसीयूमा र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]