बैशाख १३, २०८१ बिहीबार

कनकाईमा वडास्तरीय फुटबल हुने

कनकाई । बडादशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यसअघि घैलाडुब्बाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको छ ।

यस पटक असोज १६ गते सुरु भएर २५ गते समापन हुने फुटवल प्रतियोगिता कनकाई माविको खेल मैदानमा संचालन हुने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । समितिको वार्षिक कार्यक्रम अनुसार नै फुटवल प्रतियोगिता संचालन हुने भएको अध्यक्ष लम्सालले जानकारी दिए ।

कनकाई नगरलाई खेलकुदको हब बनाउँने योजना अनुुरुप निर्माण गरिएका वार्षिक कार्ययोजनाहरु कोरोना कहरसँगै निष्क्रिय बनेपछि हाल केहि सहज भएको अवस्थालाई मध्यनजर गर्दै वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लम्सालले बताए । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने जनाइएको छ ।

अध्यक्ष लम्सालको सभापतित्व एवम् खेल व्यवस्थापन उपसमितिका सचिव विनोद रानामगरले संचालन गरेको एक संक्षिप्त कार्यक्रममा कनकाई नगरका नौ वटै वडास्तरीय खेलकुद विकास समितिलाई २÷२ वटा फुटबल हस्तान्तरण गरिएको छ ।
फुटबल प्रतियोगितामा नगरका नौ वटै वडाबाट खेलाडी साथै फुटवलका पारखीहरुको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै खेल संयोजक गोविन्द उप्रेतीले खेललाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको बताए । उपसमितिहरुमा खेल मैदान व्यवस्थापन उपसमितिमा संयोजक दिलकुुुमार कार्की, स्टेज व्यवस्थापन उपसमितिको संयोजकमा त्रिलोचन चिरीया, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा गोविन्द उप्रेती, प्रचार प्रसार उपसमितिको संयोजकमा राम निरौला, टिम व्यवस्थापन उपसमिति संयोजकमा कैलाश कार्की, स्वयं सेवक परिचालन उपसमिति संयोजकमा रविन ढुङ्गाना, प्राथमिक उपचार व्यवस्थापन उपसमिति संयोजकमा सिरस खरेल, अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजकमा सारिका गिरी रहेका छन् ।

कार्यक्रममा जनप्रतिनिधिका रुपमा कनकाई ७ की वडा सदस्य गिता चौहान, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला, कनकाईका अगुवा खेलाडी दिलकुमार कार्की लगायतको उपस्थिती रहेको खेल आयोजक समितिका सचिव विनोद रानामगरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]