बैशाख १४, २०८१ शुक्रबार

झापामा प्रदेश सरकारका योजना सार्वजनिक

बिर्तामोड । प्रदेश १ सरकार अन्तरर्गतका झापा जिल्ला स्तरीय कार्यालयहरुले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्ला समन्वय समिति झापाले आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा चालु बजेटबाट सम्पन्न गर्नुपर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

सोमवार समन्वय समिति झापाको सभाहल भद्रपुरमा पूर्वाधार विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटनरी, पशु सेवा, खानेपानी, वन, शहरी विकास आयोजना, घरेलु, सीप विकास कार्यालय, जिल्ला स्वास्थ्य र सिँचाई लगायतले योजना सार्वजनिक गरेका छन् । प्रदेश सांसद् अर्जुन राई, जसमाया गजमेर, श्रीप्रसाद मैनाली, स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गरिएको हो ।
अधिकांश कार्यलयलाई सहभागी सांसद्हरुले कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न आग्रह गरेका छन् । उनीहरुले स्थानीय तहसँगको समन्वयमा काम सम्पन्न गर्न भन्दै आवश्यक सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जिल्लामा प्रदेश सरकार अन्तर्गत १५ वटा कार्यालय रहेको जानकारी दिए । उनले अधिकांश कार्यालयको अनुगमन र समन्वय जिससले गर्ने बताए । प्रमुख पोर्तेलले कार्यक्रम सार्वजनिक गरेपछि सबै कार्यालयहरुलाई प्रभावकारी रुपमा काम गर्न भनेका छन् । उनका अनुसार राज्यको लगानीलाई परिणाममुखी बनाउनुको विकल्प छैन । यसअघिका आर्थिक वर्षहरुमा पनि ८० प्रतिशतसम्म काम सकिएका छन्, उनले भने – चालु आर्थिक वर्षमा शतप्रतिशत काम हुनुपर्छ । आर्थिक वर्षको अन्तिममा अनुगमन गर्न आउँदा काम थाल्ने प्रबृत्ति अन्त्य गर्नुपर्ने उनको भनाई छ । जेठ, असारमा आउँदा काम सम्पन्न भएको हेर्न पाइयोस्, पोर्तेलले थपे ।

प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]