बैशाख १४, २०८१ शुक्रबार

व्यवसाय थप गर्दै एनएमसी, कृषिमा जोड

बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्था (एनएमसी) ले ४ वटा नयाँ व्यवसाय थप गर्ने भएको छ । एनएमसीले चालु आर्थिक वर्षमा एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उधोग, एनएमसी चामल मिल र एनएमसी तोरीको तेल मिल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।
अहिले एनएमसीले बैकिङ, डेरी व्यवसाय, एकीकृत नमूना कृषि फार्म, एनएमसी सहकारी पसल, चिया व्यवसाय गर्दै आएको छ ।

२९ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा एनएमसीले प्रतिवेदन सार्वजनिक गर्दै हालसम्मको अवस्था र आगामी योजना सुनाएको छ । संस्थाले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रामचन्द्र उप्रेती र सञ्चालक समिति सदस्य डम्बर बस्नेतले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष उप्रेतीले एनएमसीमा ६८ करोडको जगेडा कोष बनाउन सफल भएको जानकारी दिए । पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७७-०७८ मा संस्थाले गरेको गतिविधिका वारेमा जानकारी दिएका थिए ।
अध्यक्ष उप्रेतीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संस्थाको ४५ वटा सेवाकेन्द्र रहेको २ सय २४ वटा इकाईहरु रहेको छन् । ४५ वटा सेवाकेन्द्र मध्ये झापामा ४३ र मोरङ र इलाममा एक/एकवटा सेवा केन्द्र रहेको बताए ।

संस्थाको आर्थिक बर्ष २०७७÷७८ सम्ममा चुक्ता शेयरपुँजी एक अर्व ११ करोड ६० लाख ६ हजार २ सय छ भने निक्षेप मौज्दात ८ अर्व ८५ करोड ४२ लाख २३ हजार ४ सय ३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७७-७८ मा करअघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५ सय ४८ रुपैयाँ गर्न सफल भएको छ ।

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]