बैशाख ७, २०८१ शुक्रबार

गोपीको उपचार विर्तासिटीले गर्ने

विनोद सापकोटा
झापा । उपभार अभावले शरिर कुहाएर बस्न बाध्य अर्जुनधाराका ६ का एक युवाको उपचार बिर्तासिटी अस्पतालले गर्ने भएको छ ।
बरिष्ठ साहित्यकार तथा समालोचक गोपालकुमार बस्नेतले गोपीका बारेमा खवर सुनेपछि बास्तविकता बुझेर खवर गर्न निर्देशन दिए ।
गोपीले उपचार पाए नयाँ जिवन दिन सकिने जनसम्र्क बम बहादुर अधिकारी बस्नेतले ठम्याएपछि तत्काल उद्धार गरेर विर्तासिटी अस्पतालमा ल्याउन अस्पतालका प्रमुख गोपाल बस्नेतलाई जानकारी दिए ।

अस्पताल प्रमुख बस्नेतले एम्बुलेन्समा आफै विरामीको घरमा पुगेर उनको उद्धार र त्यसपछि तत्काल उपचार सुरु गर्न निर्देशन दिए । नभन्दै विहान ११ बजे एम्बुलेन्स सहित अस्पतालका जनसंपर्क अधिकारी बस्नेत गोपीको निवासमा पुगे । एक वर्षदेखी ओछ्यान परेर मृत्यु पर्खिरहेका गोपीको घरमा पत्रकार, एम्बुलेन्स, विर्तासिटी अस्पतालका कर्मचारी, सुरक्षा गार्ड सहित पुगेपछि सयौ स्थानीय भेला भए । उनिहरु मध्ये कतिपय स्थानीयले भनिरहेका थिए ‘पत्रकारले समाचार लेखेपछि एक वर्ष देखी उपचार नपाएर मृत्यु पर्खिरहेका गोपीले उपचार पाउने भएछन् क्यारे ।’

स्थानीयले पत्रकारको खुव प्रशंसा गरेका थिए । स्थानीय विष्णुप्रसाद बञ्जरा भन्छन, ‘उपचारका लागि पत्रकारको कलम र बिर्ता सिटी अस्पतालको उदारताले गोपीले नयाँ जिवन पाउँने भए ।’ अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन नसक्दा शरीरका विभिन्न भाग कुहिन थालेको थियो । गोपीको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै पूर्ण रुपमा ठिक भएपछि रोजगारीको समेत अवसर दिने अस्पतालका संचालक बस्नेतको भनाई उध्रित गर्दे प्रशासन प्रमुख विनोद बस्नेतले बताए । अस्पताल प्रशासनका अनुसार गोपीका बुबा बलबहादुरको खाना र बस्ने समेत निःशुल्क अस्पतालले गर्ने छ । बुवा छोराको सहयोगी (कुरुवा) का लागि अस्पताल आएका हुन् ।

गोपीको उपचारमा डाक्टर त्रय विजय केसी, नारायण ताजपुरीया र सञ्जिव चौधरीको टोली खटिएको छ । चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल हिसावले चेकपछि मात्रै थाहा हुने छ । २८ वर्षीय गोपीको रकम अभावका कारण उपचार हुन नसक्दा एक वर्षदेखि ओच्छ्यान परेका थिए । गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक अवस्था उनको आम्दानीले थाम्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए ।

कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी बेङ्लोरका सडकमा भोकै हुन पुगे ।
२०१२ सालमा ४ नम्वर भोजपुरबाट बिर्तामोड झरेका बस्नेत अहिलेसम्म वहालमा बस्दै आएका छन् । पहाडबाट मधेस झर्दा उनी रित्तै हात झरेका थिए । ‘उमेर हुञ्जेल अरुको घरमा भान्से काम गरे,’ उनका बुवाले भने ‘६६ वर्षदेखि विर्तामोडमा अर्काको घरमा काम गरेपछि छोराको उपचारका लागि अरुकै सहयोग लिनुपर्यो ।’

प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]