बैशाख १४, २०८१ शुक्रबार

जलेका खनाल परिवारलाई जुट्न थाल्यो सहयोग

बिर्तामोड । ग्यास लिक हुँदा आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्नि पीडितहरुको उपचारका लागि सहयोग रकम जुट्न थालेको छ । खनाल परिवारको उपचारका लागि सहयोग समिति नै बनाएर सहयोग संकलन गर्न थालिएको स्थानीय कमल पोखरेलले जानकारी दिए ।

उनका अनुसार स्थानीय व्यवसायी एवम् समाजसेवी गोविन्द खतिवडाले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उपचारका लागि सबैलाई सहयोग गर्न अपील समेत गरिएको छ ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा अर्जुनधारा ७ स्थित पुष्पलाल मार्गको एक घरमा आगजनी भएको थियो । आगलागीमा परी जलेर चार जना घाइते भएका थिए । स्थानीय रोम खनालको घरमा भएको सो आगलागीमा परी घरधनी खनाल, उनी श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीन जना गम्भीर घाइते भएका थिए । आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको छ । तीनै जनाको अहिले काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये गम्भीर घाइते भएका रोम र दुर्गाको आइसीयू कक्षमा उपचार भइरहेको छ । पंकजको जेनेरल वार्डमा उपचार भइरहेको छ ।

रोमको उपचारमा करिब १० लाख, दुर्गाको उपचारमा करिब ८ लाख र पंकजको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च हुनसक्ने अस्पतालको पूर्वानुमान छ । आगलागीबाट खनालको घर ध्वस्त भएको छ । खनाल परिवारको उपचारमा समस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका हुन् । व्यवसायी गोविन्द खतिवडाको संयोजकत्वमा समिति गठन गरेर सहयोग जुटाउन थालिएको छ । समितिका सचिव कमल पोख्रेलका अनुसार सिभिल बैंक अर्जुनधारा शाखामा सहयोगका लागि खाता खोलिएको छ । कमल पोख्रेल, गोविन्दप्रसाद खतिवडाको नाममा रहेको बैक खाता नम्बर ०७६१०५५१९५१०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । समितिले स्थानीय छरछिमेकदेखि संघसंस्थालाई खनाल परिवारलाई सहयोग गरिदिन अपील पनि गरेको छ ।

प्रकाशित मिति : भाद्र ३०, २०७८ बुधबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]