बैशाख १७, २०८१ सोमबार

सामूहिक स्वार्थ सिद्धिका लागि अघि बढौं : पोखरेल

कनकाई । संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत नभई सामूहिक स्वार्थ सिद्धिका लागि अघि बढ्न अनुरोध गरेका छन् ।

कोरोना कहरका विच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुका लागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् । संविधानमा उल्लेख भएका विषयहरुलाई आत्मासाथ गर्दै संविधानको भावना र मर्मलाई बजेट मार्फत प्रतिबिम्बित गर्दै अघि बढेको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले कनकाई नगरबासीलाई सकारात्मक दिशा तर्फ अघि बढाउने प्रयासमा आफूहरु क्रियाशिल रहेको प्रष्ट पारेका छन् । शहिदहरुको तस्वीरलाई साची राख्दै संविधानरुपी दस्तावेजलाई आधार बनाएर शहिदहरुले देखेको सपना पूरा गर्ने कार्यमा कनकाई नगरपालिकाको नेतृत्व प्रतिवद्ध रहेको नगर प्रमुख पोखरेलको भनाई छ ।

नगर प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईँले संयुक्त रुपमा झण्डोतोलन गरेर दिप प्रज्वलनका साथ उद्घाटन गरिएको कार्यक्रममा उपप्रमुख प्रसाईँले स्वागत गरेकी थिइन् । शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले संचालन गरेको कार्यक्रममा कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संविधान दिवसको अवसरमा साँझ कनकाई नगरपालिका परिसरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार  ३ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]