बैशाख १४, २०८१ शुक्रबार

प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि श्रेष्ठलाई

बुद्धशान्ति । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा बुद्धशान्ति–१ का विष्णुकुमार राई दोस्रो भए । उनले निर्धारित दूरी ४८ मिनेटमा पार गरे । बुद्धशान्ति–३ का रबिन कुँवर तेस्रो भएका छन् । उनले सो दूरी ५१ मिनेटमा पूरा गरे । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी हात पारे ।

संविधान दिवसको अवसर पारेर जेसीज सप्ताहको छैटौं कार्यक्रमका रुपमा बुधबारे जेसीजले आयोजना गरेको साइक्लिङ प्रतियोगितामा १८ जनाको सहभागिता थियो । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा पाल्युल देछेन छोइलिङ गुम्बा बुद्धशान्तिका अध्यक्ष भक्त ग्लानको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बुधबारे जेसीजका सदस्य राज पौड्यालको संयोजकत्वमा भएको हो ।

कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जगद्गुरु जन्मस्थल र बौद्ध गुम्बाको प्रचारप्रसारका लागि जेसीजले साइक्लिङको आयोजना गरेको बताए । उनले बुधबारे जेसीजले बर्षेनी साइक्लिङ प्रतियोगिता गर्ने उद्घोष पनि गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि ग्लानले युवाको सकृयतामा भएको कार्यक्रम उत्कृष्ठ भएको बताउँदै बुद्धशान्तिका दुई महत्वपूर्ण सम्पदाको प्रचारमा गरिएको काम प्रशंसनीय रहेको भनाई राखे ।

कार्यक्रममा साइकल रेसर विष्णुकुमार राईले बुधबारे जेसीजले साइक्लिङको आयोजना गरेर सबै युवालाई आप्mनो स्वास्थ्य प्रति सचेत बन्न हौसला दिएको बताए । इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाल, सशस्त्र प्रहरी बेस क्याम्प टिमाईका प्रमुख सत्यनारायण चौधरी, बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, पूर्व अध्यक्षहरु रमेश बराल, हेमन्त बराल लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक राज पौड्यालले राखेका थिए । महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था बाचन गोकुल पौड्यालले गरेका थिए ।

प्रकाशित मिति : आश्विन ३, २०७८ आईतबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]