बैशाख ११, २०८१ मंगलबार

बाह्रदशीमा लगाइएको ताला खुलाइयो

बिर्तामोड । बाह्रदशी गाउँपालिकाको कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लगाएको ताला खुलाइएको छ । राप्रपाले पालिकाभित्रका सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्न माग राख्दै सोमवार पालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।

तालाबन्दी गरेलगत्तै कार्यालय आएका अध्यक्ष खड्गप्रसाद राजवंशीले उनीहरुको मागलाई तत्काल सम्बोधन गर्ने र मङ्गलबार वडाध्यक्षसँग छलफल गरी खाल्डाखुल्डी पुर्ने भद्र सहमति भएपछि ताला खुलाइएको बाह्रदशी गाउँपालिका राप्रपा अध्यक्ष बिपी कटुवालले बताए ।
उनले भित्री सडकमा परेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेकाले पटकपटक वडा कार्यालयदेखि पालिका कार्यालयसम्म तत्काल मर्मत सम्भारका लागि ध्यानाकर्षण पत्र बुझाइए पनि मर्मत नहुँदा बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  ४ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]