बैशाख १३, २०८१ बिहीबार

कनकाई प्याब्सनको अध्यक्षमा पुनः विनोद

कनकाई । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कनकाई नगरको दोस्रो अधिवेशनबाट कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माविका प्रिन्सिपल बिनोद सुब्बा पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । अध्यक्ष सुब्बाले यसअघि पनि कनकाई प्याब्सनको जिम्मेवारीमा रहेर एउटा कार्यकाल सफलतापूर्वक सम्हालिसकेका हुन् ।

आगामी तीन वर्षका लागि भएको अधिवेशनबाट कनकाई ६ स्थित पारिजात शिक्षा निकेतनका प्रबन्धक मोहन थापा सचिवमा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कनकाई ५ स्थित विद्योदय अंग्रेजी माविका प्रबन्धक विनोद उप्रेती सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कनकाई ३ स्थित हरिकुल अंग्रेजी माविका प्रिन्सिपल रोशन केसी र कनकाई ८ लक्ष्मीपुर स्थित माउन्ट अन्नपुर्णका प्रिन्सिपल प्रशान्त न्यौपाने सर्वसम्मत चयन भएका छन् । अध्यक्ष सुब्बाको सभापतित्व एवम् झापा प्याव्सनका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सर्वसम्मत चयन भएका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई प्याव्सन झापाका अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सफत गराएका थिए ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]