बैशाख १३, २०८१ बिहीबार

ग्यास लिक हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु

बिर्तामोड । ग्यास लिक भई आगलागी हुँदा जलेका अर्जुनधाराका खनाल दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा –७ का रोम खनाल र दुर्गा खनाल रहेका छन् । उनीहरुको सोमबार साँझ दुई घण्टाको अन्तरमा मृत्यु भएको छ ।

ग्यास लिक हुँदा घोरा पंकज खनाल समेत घाइते भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय कमल पोखरेलले जानकारी दिए । गत भदौ २६ गते शनिबार साँझ खनाल परिवारमा ग्यास लिक भएको थियो । श्रीमान–श्रीमतिको शरिर पूर्ण रुपमा आगोले जलेको थियो । तीनै जनाको काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

आगलागीबाट खनालको घर ध्वस्त भएको छ । खनाल परिवारको उपचारमा समस्या भएपछि स्थानीयले सहयोग संकलन गर्न थालेका थिए ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]