बैशाख १३, २०८१ बिहीबार

५५ लाख ९० हजारले लगाए पूर्ण मात्रा

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् ।

नेपालमा हालसम्म एक करोड ५७ लाख डोज कोरोनाविरुद्धको खोप भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भेरासेल खोप मात्र एक करोड डोज खरिद गरेको छ भने १८ लाख अनुदानमा प्राप्त गरेको छ । खरिद, अनुदान र गाभी कार्यक्रम अन्तर्गत कोभिशिल्ड खोप २४ लाख र एस्ट्राजेनेका १९ लाख ७५ हजार प्राप्त भइसकेको छ ।

प्राप्त ४४ लाख २३ हजार ८६० डोज खोपमध्ये ४० लाख ६५ हजार व्यक्तिले कोभिसिल्डको पूर्ण मात्रा खोप लगाएका छन् । एक लाख १३ हजार व्यक्ति अझै दोस्रो डोज पाउन सकेका छैनन् । प्रदेश–१ मा हालसम्म ७ लाख ३२ हजार, प्रदेश–२ मा ७ लाख, बागमतीमा १९ लाख ३६ हजार, गण्डकीमा ५ लाख ९८ हजार, लुम्बिनीमा ८ लाख ७५ हजार, कर्णालीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८५ हजार व्यक्तिले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

सबै भन्दा धेरै खोप बागमती प्रदेशमा लगाइएको छ भने खोप लगाउनेको संख्या कर्णाली प्रदेशमा सबै भन्दा कम रहेको छ । संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने नेपाल मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्की बताउँछन् । ‘कोभिडको जोखिम कायमै छ,’ उनी भन्छन्, ‘परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्न सरकारी पक्षको ध्यान जानुपर्छ ।’

एक करोड १८ लाख डोज भेरोसेल खोपमध्ये ६३ लाख २० हजार जनाले मात्र दोस्रो डोज खोप पूरा गरेका छन् । अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सनको अनुदानमा दिएको १५ लाख ३४ हजार डोज खोपमध्ये १४ लाख १० हजार डोज खोप प्रयोग भएको जनाइएको छ । बाँकी एक लाख डोज बढी जोन्नसन खोपको म्याद गुज्रिसकेको छ ।

खोपको प्रयोग र वितरण प्रणालीमा मन्त्रालयले अनुगमन नगर्दा खोप खेर गइरहेको देखिन्छ । संक्रमितको संख्या कम भएको समयमा सरकारले जतिसक्दो छिटो धेरै व्यक्तिलाई खोपको दायरामा ल्याउन सक्ने हो भने सम्भावित तेस्रो लहरलाई रोक्न सकिन्छ । सरकारले आउँदो चैत्र मसान्तभित्रमा सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइसक्ने दावी गरेको छ ।

प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]