जेष्ठ १, २०८१ मंगलबार

सुनको मूल्य रु पाँच सयले घट्यो

बिर्तामोड । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो । महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार  ४ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]