बैशाख १४, २०८१ शुक्रबार

प्याडको मूल्यवृद्धिप्रति अनेरास्ववियुको आपत्ति

झापा । महिलाले महिनावारीका बेला प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यवृद्धिप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ । अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले विद्यार्थीलाई निःशुल्क र अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउनको साथै सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सरकारसँग माग गर्नु भएको छ ।

‘विश्वको करीब ४ अर्व र नेपालका करीब १ करोड ५० लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो । त्यसैले प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हो । वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रीमा जस्तै उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता छ ।’

केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष ०७६/०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निःशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियुले माग गरेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]