बैशाख ८, २०८१ शनिबार

गोलधापका अर्याल ९ दिनदेखी बेपत्ता

बिर्तामोड । झापा हल्दिवारी -१ गोलधापका उमाकान्त अर्याल बेपत्ता भएको ९ दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन ।

परिवारका अनुसार साउन ९ गते बिहीबार घरबाट बिहानै गोलधाप बजार जाने भन्दै निस्किएका थिए । ६८ वर्षका अर्याल गोलधाप बजारबाट नफर्केपछी उनको खोजी शुरु गरिएको छ । परिवार,सुरक्षाकर्मी,स्थानीवासी उनको खोजीमा लागेका छन् ।

बेपत्ता भएको ९ दिन बितिसक्दा पनि फेला नपरेका अर्याल घरबाट कालो अस्कोट, खैरो सर्ट,कालो पेन्ट र म्याजिक चप्पल लगाएर निस्किएको बुहारी राधा अर्यालले जानकारी दिईन ।

उनले बुबाको खोजी गरिदिन सार्वजनिक अपिल समेत गरेकी छन् । सम्पर्कका लागि उनले ९८१७००५४८८ नम्बर उपलब्ध गराएकी छन् ।

प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]