जेष्ठ १, २०८१ मंगलबार

यस्तो छ, आइतवारसम्मको मौसम

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग भन्दा दक्षिण तिर अवस्थित छ र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने देखिन्छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पूर्वी, पश्चिमि तथा मध्य पहाडी भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ | साथै ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ | मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १७ गते (शुक्रबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ | 

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पश्चिमी पहाडि भू-भागका एक वा दई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ |

श्रावण १८ गते (शनिबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

श्रावण १९ गते (आईतबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पश्चिमको पहाडि भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध छ |

प्रकाशित मिति : श्रावण १७, २०७६ शुक्रबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]