गोल्धापमा राप्रपासहित अन्य पार्टी छोडेर एमालेमा २ बढी प्रवेश
हल्दीवारी । हल्दीवारी – १ गोल्धापका २ सयभन्दा बढी व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा, नेपाली कांग्रेस र माओवादीका वडास्तरीय कार्यकर्ताहरु पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले हल्दिबारी १ नम्बर वडा कमिटीले शनिवार आयोजना गरेको विस्तारित भेलामा पार्टी परित्याग गर्दै वडाका प्रभावशाली नेता, कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् । माओवादीबाट गत निर्वाचनमा उमेद्वार भिम कुमारी दर्जी र स्थानीय नेता हेम कुमार गुरुङ्गको नेतृत्वमा पार्टी प्रवेश गरेका छन् ।
गोल्धापमा एमाले प्रवेशले राप्रपालाई ठुलो क्षति पुगेको छ । पार्टी प्रवेश गर्नेहरुमा अधिकांश राप्रपा, कांग्रेस र नेकपा माओवादी केन्द्रमा आवद्ध कार्यकर्ता रहेको हल्दिबारी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

नेकपा एमाले हल्दीवारी–१ का कार्यबाहक अध्यक्ष तुलसी प्रसाद भट्टराईकोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेकपा एमाले जिल्ला सचिबालय सदस्य तथा ३ नम्बर क्षेत्रीय संयोजक लक्ष्मण पाठक रहेका थिए । विस्तारित भेलालाई जिल्ला सचिवालय सदस्य सदस्य नारायण पोख्रेल ,नरेश चुडाल, छवि चुडाल, पूर्व जिल्ला सदस्य मोहन चन्द्र रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
