जेष्ठ १, २०८१ मंगलबार

उद्योग सङ्गठन मोरङद्वारा औद्योगिक सर्वेक्षण

मोरङ – उद्योग सङ्गठनले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ सुरुआत गरेको छ ।सबै औद्योगिक प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरी ‘डाटाबेस’ तयार गर्ने लक्ष्यका आइतबारदेखि सर्वेक्षण सुरु भएको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले एक पटक तथ्याङ्क सङ्कलन तयार गरेपछि नियमितरुपमा अद्यावधिक गरिने योजना रहेको जानकारी दिनुभयो ।

सङ्गठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी सङ्गठनका सदस्य औद्योगिक प्रतिष्ठानको सबै र बाँकी अन्य उद्योगको समेत तथ्याङ्क सङ्कलन गरिने कार्यक्रम रहेको सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले बताउनुभयो । उहाँका अनुसार उद्योगका विविध आयाम समेटिएका करिब १०० प्रश्न लिएर पाँच गणक तथ्याङ्क सङ्कलनका लागि सबै उद्योग प्रतिष्ठान पुग्ने छन् ।

सङ्गठनले तथ्याङ्कको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकका लागि दुई दिनको तालिमसमेत सञ्चालन गरेको थियो । उहाँका अनुसार गणकले मोबाइल एपबाट तथ्याङ्क सङ्कलन गर्ने छन् र यसरी सङ्कलन गरिएको तथ्याङ्कको गुणस्तरीयता अनलाइनबाटै अनुगमन गर्न सकिने छ । फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याङ्क सङ्कलनको काम यही महिनाभित्रमा सक्ने र मङ्सिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।

सङ्गठनले तथ्याङ्क सङ्कलनका लागि खटिआउने सङ्गठनका प्रतिनिधिलाई आफ्नो उद्योग व्यवसायसँग सम्बन्धित यथार्थपरक सूचना एवं तथ्याङ्क उपलब्ध गराई संगठनको औद्योगिक तथ्याङ्क र डाटाबेस तयार गर्ने अभियानलाई सहयोग गर्न उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]