जेष्ठ ७, २०८१ सोमबार

प्रधानमन्त्री स्वास्थ्य परिक्षणका लागि सिंगापुर जादै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परिक्षणका लागि आज सिंगापुर जादैहुनुहुन्छ ।

सिल्क एयरको उडानबाट राति ९ः५० बजे सिंगापुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षणको सिलसिलामा एक साता विदेशमै रहने कार्यक्रम तय भएको छ ।

गत साता छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य जाँच गराउँदा रगतमा क्रेटिनाइको बढेकाले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर जान लाग्नुभएको हो ।

धपेडीका कारण पनि प्रधानमन्त्रीको स्वाथ्यमा समस्या भएको भन्दै आराम गर्न समेत चिकित्सकले सुझाव दिएका छन्। उहाँको उपचार सिंगापुरको सरकारी नेपाल युनिभर्सिटी अस्पतालमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : श्रावण १८, २०७६ शनिबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]