बैशाख १६, २०८१ आईतबार

दिलमाया स्मृति कप : कनकाई वडा नं. ५ छनौट

सुरुङा । दिलमाया स्मृति कप–२०७८ को छनौट खेलमा कनकाई नगरपालिकाबाट वडा नं. – ५ छनौटमा परेको छ । शुक्रवार सम्पन्न खेलमा वार्ड नम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिमभित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले जानकारी दिए ।

खेल समयभर गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेलान्टी सुट आउटबाट गरिएको थियो । वडा नम्बर २ का २ खेलाडीको प्रहार ५ का गोल किपरले रोकेपछि ५ नम्बर ४–२ गोल अन्तरले बिजयी भएको हो ।

शनिवार हुने वडा नम्बर ४ र ६ विचको बिजयी टिम समेत उत्कृष्ट ८ मा पर्ने खेल सहसंयोजक सुवेदीले जानकारी दिए । झापा क्षेत्र नम्बर ४ भरका २८ वडा सहभागी खेलमा उत्कृष्ट ८ बिच उपाधिका लागि दुधे खेल मैदानमा हुने छ । । सांसद् एलपी साँबा लिम्बुको ममतामयी माताको स्मृतिमा भइरहेको दिलमाया कपको बिजयी तथा उपबिजयी हुने टिमले नगद २ लाख २५ हजार र १ लाख २५ हजार रुपैँया पाउने छन् भने उत्कृष्ट ८ मा पर्ने टिमले समेत नगद पुरस्कार पाउने छन् ।

प्रकाशित मिति : आश्विन १५, २०७८ शुक्रबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]