असोज १७ देखि कनकाईमा वडास्तरीय फुटवल
कनकाई । बडादशैंको अवसरमा कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटवल प्रतियोगिता–२०७८ आयोजना गरेको छ । असोज १७ गतेदेखि २५ गतेसम्म खेल आयोजना हुने शुक्रवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नकआउट फुटवल प्रतियोगित आयोजक समितिका संयोजक गोविन्द उप्रेतिले नगरका ९ वटा वडा सहभागी हुने छन् । फुटबल प्रतियोगिताको उपाधि विजेताले ५१ हजार पुरस्कार पाउने छन् भने उपविजेताले ३१ हजारसहित ट्रफी मेडल पाउने आयोजकले जनाएको छ ।

कनकाई नगरपालिका स्थापना भएपछि पहिलो पटक कनकाई नगरपालिका कै आयोजनामा वार्डस्तरीय फुटबल प्रतियोगिताको आयोजना भएसँगै कनकाईमा फुटबल क्षेत्र उत्साहित बनेको छ । खेल कनकाई माविको खेल मैदानमा हुनेछ । खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले खेल क्षेत्रको विकासमा लागि परेको जानकारी दिए । उनका अनुसार खेलाडी उत्पादनमा जोड दिदैं खेल क्षेत्रमा थप उत्साहित बनाउने छ ।