बैशाख २७, २०८२ शनिबार

फलामे डन्डीको मूल्य ४ रुपैयाँ घटाउन निर्देशन

काठमाडौँ । नेपाल फलामे छड उत्पादक सङ्घले फलामे डन्डीको मूल्यमा प्रतिकिलो ४ रुपैयाँ घटाएर बेच्न उद्योगीहरूलाई निर्देशन दिएको छ । सङ्घले हिजो (शनिबार) बाटै लागू हुने गरी मूल्य घटाउन निर्देशन दिएको अध्यक्ष साहिल अग्रवालले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको आर्थिक ऐनले स्पन्ज आइरनमा अन्तःशुल्क घटाउँदा डन्डीको बजार मूल्य पनि घटेको सङ्घको भनाइ छ ।

फलामको कच्चा पदार्थ बिलेट तथा बिलेटको कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य १२ प्रतिशतसम्म बढ्दा पनि अन्तःशुल्क छुट पाएका कारण डन्डीमा मूल्य घटेको सङ्घले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेशबाट बिलेट ल्याएर डन्डी उत्पादन गर्दै आएका उद्योगहरू भने सरकारको निर्णयको विरोधमा छन् । फलाम र स्टिलजन्य वस्तु उत्पादनका लागि चाहिने कच्चा पदार्थ बिलेट र स्पन्ज आइरनमा अन्तःशुल्क बढेपछि उद्योगहरूले प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका थिए । त्यस्तै सङ्ख्यामा बेचिने जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो ।

प्रकाशित मिति : आश्विन १७, २०७८ आईतबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]