जेष्ठ २, २०८१ बुधबार

बिएण्डसीले थाल्यो विना चिरफार टाउँकोको शल्यक्रिया

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी टिचिङ हस्पिटलले टाउकोको विना चिरफार उपचार शुरु गरेको छ ।

हस्पिटलले बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको विना चिरफार टाउकोको नशा सम्बन्धी जटिल समस्या उपचार गरेको जानकारी दिइएको छ । अस्पतालले मंगलवार पत्रकार सम्मेलन गर्दै प्रदेश १ मै पहिलो पटक बिएण्डसीले उक्त सेवा शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

बिएण्डसी हस्पिटलमा यसअघि चिरफार सहितको उपचार हुँदै आएको थियो, डा. करुणा ताम्राकार कार्कीले भनिन्, अब विना चिरफार हामी टाउकोको जटिल समस्याहरु समाधान गर्नेछौं । डा. ताम्राकार र डा.दिनेश थापाको टिमले सोहि विधिबाट १२ वटा सफल उपचार गरिसकेको जानकारी दिएका छन् । डा. ताम्राकारले टाउकोको नशा सम्बन्धी समस्या बढ्दै गएको बताइन् ।

उनले हरेक ५० जनामा १ जनालाई समस्या देखिन थालेको बताइन् । टाउको भित्रको समस्या देखिदैन, उनले भनिन् – प्रायः समस्या जटिल भएपछि मात्रै विरामीहरु आउनु हुन्छ । असाध्यै टाउको दुख्यो भने पनि नशाको समस्या हुन सक्छ ।

प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]