जेष्ठ ७, २०८१ सोमबार

विएण्डसीमा भदौ १ देखि स्वास्थ्य विमा गर्नेको उपचार

बिर्तामोड । विएण्डसी अस्पताल बिर्तामोडमा स्वास्थ्य विमा गरेका नेपाली नागरिकको उपचार हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अस्पतालले भदौ १ गतेबाट विमा गरेका नागरिकको उपचार गर्ने जनाएको छ ।


स्वास्थ्य विमा वोर्ड र अस्पतालले गत साउन १२ गते गरेको सम्झौता अनुसार विमाबाट उपचार गर्ने सहमति भएको छ । सम्झौता पत्रमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेल र विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हस्ताक्षर गरेका छन् ।


शुरुआतमा विमा गरेका विरामीको उपचार गरेको अस्पतालले प्राविधिक समस्या देखाउँदै सो काम रोकेको थियो । स्वास्थ्य वोर्डले उपचारका लागि अस्पताललाई निर्देश गरे बमोजिम उपचार गर्नुपर्ने उल्लेख गरिएको छ । तोकिएको औषधि र उपचार सेवा उपलब्ध गराउन अस्पताल बाध्यकारी हुने बताइएको छ ।


झापामा विमा गरेका विरामीले सहजै उपचार नपाएको गुनासो गर्दै आएका छन् । आवश्यक औषधि र उपचार सेवामा समेत विरामीलाई समस्या भइरहेको गुनासो बढिरहेको बेला विएण्डसीले समेत यो सेवा सञ्चालनको तयारी गरेको छ ।

निश्चित अस्पतालले मात्र स्वास्थ्य विमाका विरामीको उपचार गर्ने भएकाले अब केहि सहज हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]