बैशाख १४, २०८१ शुक्रबार

सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ता वापतको १ करोड ७ लाख वितरण

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ९३५ सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहाराले एक कार्यक्रमको आयोजना गरि आज सामाजिक सुरक्षा भत्ता वापतको १ करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ ।

सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरी अनुसार एकल महिला, जेष्ठ सदस्य, एकल पुरुष, हौसला कार्यक्रम, स्मृति कार्यक्रम र परिवार राहत कार्यक्रम अन्तर्गत भत्ता वितरण गरिएको छ । ५९२ जना एकल महिलालाई ४७ लाख ३६ हजार, २४२ जना जेष्ठ सदस्यलाई १६ लाख ७६ हजार, १२ जना एकल पुरुषलाई ७२ हजार प्रदान गरिएको छ ।

७५ वर्ष पुगेका वा मृत्यु भएको खण्डमा परिवारलाई जीवनयापन सहायताका लागि परिवार राहत कार्यक्रम अन्तर्गत १७ जनालाई २६ लाख वितरण गरिएको छ । दिवंगत भएका शेयर सदस्य तथा कर्मचारीको सम्झना स्वरुप २÷२ वर्षमा स्मृति कार्यक्रम अन्तर्गत सहाराले सामाजिक सुरक्षा भत्ता दिदैं आएको छ । सहाराले ६३ परिवारलाई स्मृति कार्यक्रम अन्तर्गत १५ लाख ७५ हजार रुपैयाँ वितरण गरेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

यसतै, हौसला कार्यक्रम अन्तर्गत शेयर सदस्य पूर्ण अशक्त वा अपांगता भएको खण्डमा जीवनयापन सहयोगका लागि वार्षिक १० हजार सहयोग गर्दै आएको छ । सहाराले ९ जनालाई हौसला कार्यक्रम मार्फत ९० हजार प्रदान गरेको छ । दशैं लागेपछि सामाजिक सुरक्षा वापत ठलो रकम पाएपछि लक्षित समूह खुशी देखिएका छन् ।

सोही कार्यक्रमको अवसरमा कोभिडबाट ज्यान गुमाएका कर्मचारी यादव बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । दिदी मञ्जु बस्नेतले अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् । स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष स्थापना गरिएको हो । १० लाख राशीको अक्षयकोषले व्याजबाट प्राप्त हुने रकमबाट प्राणघातक रोगका विरामीहरुलाई सहयोग गरिने बताइएको छ । त्यसका लागि संस्थाको तर्फबाट समेत सहयोग हुने घोषणा गरिउको छ ।

यस्तै,बिर्तामोड –८ निवासी रेनुका नेपाललाई सोही कार्यक्रममा सम्मान गरिएको छ । उनले आफ्नो श्रीमानको मृत्युपछि चुरा,पोते फाल्नै पर्ने, सेतो सारी मात्र लगाउनुपर्छ भन्ने मान्यता तोडेको भन्दै सम्मान गरिएको छ ।

प्रकाशित मिति : आश्विन २४, २०७८ आईतबार  १२ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]