जेष्ठ २, २०८१ बुधबार

युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन वीरगञ्जमा

वीरगञ्ज – वीरगञ्जमा शुक्रबार हुने ‘युवा महिला उद्यमी राष्ट्रिय सम्मेलन’को तयारी पूरा भएको छ । आयोजक नेपाली युवा उद्यमी मञ्च वीरगञ्जका अनुसार सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको हो ।

उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको तयारी गएिको मञ्चका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो । सम्मेलनमा देशका विभिन्न स्थानबाट १५० महिला उद्यमी सहभागी हुने छन् । सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा सङ्घर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तक्र्रिया हुनेछन् । सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रको बारेमा दक्ष अनुभवी व्यक्तित्वबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ ।

सम्मेलनबाट महिलालाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन मिल्ने आयोजकको दाबी छ । सम्मेलनमा बुटिक, मेहन्दी, घरेलु लगायत महिला उद्यमीले उत्पादन गरेका विविध सामग्रीसहितको १० वटा कक्ष समेत राखिनेछ । बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी प्रदर्शनीकक्षमार्फत दिइने तयारी आयोजकले गरेको छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७८ बिहीबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]