धानवालीमा भएको क्षति सहन नसक्नुको छ : वडाध्यक्ष सापकोटा
गोल्धाप । हल्दीवारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटा वर्षाबाट क्षति भएको धानवाली हेर्न किसानसँगै खेतवारी पुगेका छन् । जनप्रतिनिधिको जिम्मेवारी अनुसार नै अवलोकन गर्न किसानको बाली लगाएकोे ठाउँ पुगेको सापकोटाको भनाई छ ।

निरन्तरको वर्षाले धानवालीमा ठुलो क्षति पुर्याएको अध्यक्ष सापकोटाले जानकारी दिए । सापकोटाले वडाका जनप्रतिनिधि र प्राबिधिक सहितको टोली लिएर किसानको क्षतिग्रस्त बालीमा पुगिरहेका छन् ।
वडाध्यक्ष सापकोटाले धानवालीमा भएको क्षति अध्ययन गरेर सम्बन्धित निकायमा राहतका लागि पहल गर्ने जानकारी गराइसकेका छन् । किसानले लगाएको धानवालीमा भएको क्षति सहन नसक्नुको छ, सापकोटाले भने – प्रकृतिले पनि किसानलाई अन्याय गरेको छ । वडा कार्यालयबाट भएको अवलोकनमा क्षतिको विवरण समेत संकलन गर्ने कार्य भइरहेको छ । छुटेका किसानलाई तत्काल वडामा सम्पर्क राख्न समेत आग्रह गरिएको छ ।

किसानको खेतखेतसम्म पुगिरहेका वडाध्यक्ष सापकोटाले किसानलाई आवश्यक राहत दिन गाउँपालिकामा जोडदार रुपमा कुरा उठाउने इजलाससित बताए ।