बैशाख ७, २०८१ शुक्रबार

हल्दिवारीमा एमालेको सबै वडा कमिटी सर्वसम्मत

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा नेकपा एमालेको वडा कमिटी सर्वसम्मत भएको छ । नेतृत्वको सहमतीय प्रयासले सबै वडामा कमिटी सर्वसम्मत भएको नेकपा एमालेका हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

अधिवेशनले वडा नं. १ को अध्यक्षमा सोमनाथ सुवेदी, उपाध्यक्ष काशिनाथ सापकोटा, सचिव खड्ग तामाङ, सहसचिवहरुमा सोम सुवेदी, तीर्थमाया थुलुङ चयन भएका छन् । यस्तै, वडा नं. २ को अध्यक्षमा लक्ष्मी दंगाल, उपाध्यक्षमा विष्णु राई, सचिवमा संजिव राई र सहसचिवहरुमा रोमन प्रसाई र प्रतिमा राजवंशी चयन भएका छन् । वडा नं. ३ को अध्यक्षमा अजित विष्ट, उपाध्यक्षमा अशोक मेचे, सचिव बलराम गिरी र सहसचिवहरुमा हरि मिश्र, सर्मिला विक चयन भएका छन् ।

यसैगरी वडा नं. ४ को अध्यक्षमा शैलेन्द्र सिटौला सर्वसम्मत भएका छन् । उपाध्यक्ष चन्द्र बहादुर राई, सचिव गिता भण्डारी र सहसचिवहरुमा योगेश दाहाल, तुलसी पोखरेल चयन भएका छन् । वडा नं. ५ को अध्यक्षमा याम गिरी, उपाध्यक्षमा दिपक तामाङ, सचिव याम बहादुर बस्नेत र सहसचिवहरुमा हरि तिवारी, पुनम भट्टराई चयन भएको सापकोटाले जानकारी दिए । सबै वडा कमिटी ३१ सदस्यीय बनाइएको छ ।

प्रकाशित मिति : कार्तिक ६, २०७८ शनिबार  ५ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]