बैशाख ७, २०८१ शुक्रबार

पताल गंगाले सदस्यको बचत जोखिममा पार्न मिल्दैन : न्यौपाने

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.झापाका अध्यक्ष तुलाराम न्यौपानेले कुनै पनि सदस्यहरुको बचत जोखिममा पार्न नमिल्ने बताएका छन् । उनले बिर्तामोड–६ मा रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सम्पर्कबिहीन हुँदा सदस्यको बचत जोखिममा पार्न नमिल्ने बताएका हुन् ।

बिर्तामोडमा रहेको सो सहकारीका अध्यक्ष रेवती खनाल भदौ महिनाको तेस्रो सातादेखी सम्पर्क बिहीन छन् । काठमाडौं उपचारका लागि भन्दै घरबाट हिडेका खनाल संस्था र परिवारको सम्पर्कमा नभएको बुझिएको छ । अध्यक्ष खनाललाई करोडभन्दा बढी हिनामिना गरेको आरोप लागेको छ । लेखापरीक्षण पछि के कति हिसाव विगारेको छ भन्ने खुल्ने संस्थाका सचिव मोहन विक्रम मल्लले जानकारी दिए ।
बचत संघका अध्यक्ष न्यौपानेले संस्थालाई बन्द समेत नगर्न निर्देशन तथा सूझाव दिएको जानकारी दिए । खनाल संघका लेखा समिति संयोजक समेत हुन् । सदस्यहरुले जतिबेला बचत फिर्ता मागे पनि सञ्चालकहरुले व्यवस्थापन गर्नुपर्ने बताए । उनका अनुसार अध्यक्ष सम्पर्कमा नभए पनि सञ्चालक समितिको भूमिका उत्तिकै हुनेछ ।

सहकारीका अध्यक्ष नै सम्पर्क बिहीन भएपछि बिर्तामोडमा सबै जसो सदस्यहरु बचत सुरक्षा बारे कुरा उठाइरहेका छन् । न्यौपानेले भने, एक व्यक्तिबाट मात्रै चेक चल्दैन । विधि प्रक्रिया कहाँ विक्रिएको छ भन्ने विषय पनि खोजी हुनुपर्छ ।

पताल गंगाका अन्य सञ्चालकले संघलाई घटनाबारे जानकारी गराउँदै हिसाव हेरिदिन आग्रह गरेका थिए । सोही अनुसार बचत संघले लेखा समितिका सदस्य पठाएर हिसाव हेरिएको जानकारी दिएका छन् । ‘उहाँहरुले के कति हिसाव आयो चै भन्नु भएको छैन’, उनले थपे– सो संस्थाको लेखा समिति, कर्जा उपसमितिले पास नगराई कर्जा निकाल्न मिल्दैन । एक व्यक्तिबाट कसरी यस्तो भयो ? छक्क परेको छु । उनले गलत काम गर्ने जो कोही कारवाहीको भागीदार हुनुपर्ने बताएका छन् ।

संस्था समेत खोजीका लागि जिम्मेवार हुनुपर्ने न्यौपानेको तर्क छ । संस्था र परिवारले खोजीका लागि आवश्यक सूचना गर्नुपर्ने भन्दै उनले आउँदो शनिवार संघको बैठकमा पताल गंगाको विषय छलफल गरिने बताए ।

प्रकाशित मिति : कार्तिक ७, २०७८ आईतबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]