बैशाख १९, २०८१ बुधबार

कनकाईमा भेटिएको शव प्रकरण : यस्तो छ घटनाको नालिवेली

बिर्तामोड । सोमवार विहान कनकाई माईमा झापा भद्रपुर–४ पृथ्विनगरका २३ वर्षीय सागर गजमेरको शव फेला पर्यो ।

शव फेला परेपछि विभिन्न टिकाटिप्पणी समेत शुरु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले आइतवार दिनभर नियन्त्रणमा लिएर राखेको व्यक्तिको शव फेला परेपछि उनका आफन्तले प्रहरीलाई शंका गरेका छन् ।

यस्तो छ घटनाक्रम
काम खोज्दै काठमाडौं गएका गजमेर झापा फर्किए । १९ गते बिहान कृषिथोकमा देखा परेका ति युवकले व्यापारीलाई दुःख दिएको मौखिक उजुरी प्रहरी कार्यालय पुग्यो । सब्जी व्यापारीको सरसामान झिकिदिने, छरिदिने गरेपछि लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले व्यवसायीको मौखिक उजुरीको आधारमा नियन्त्रणमा राख्यो ।

प्रहरीले वेवारिसे तथा मानसिक सन्तुलन गुमाएको व्यक्ति सोचेर हिरासतमा राखेन । नाम थर, ठेगाना समेत भन्न नसकेपछि प्रहरीले वेवारिसे तथा मानसिक सन्तुलन गुमाएको सम्झरे हिरासतमा डिउटी गर्ने प्रहरी बस्ने ठाउँमा दिनभर राख्यो । प्रहरीले नियन्त्रणमा राखेपछि अस्वभाविक व्यवहार देखाएका गजमेर होहल्ला गर्ने, चिच्याउने गरेपछि त्यहाँबाट साँझपख छोडियो ।

बिर्तामोडका डिएसपी मोहन थापा भन्छन्, आफन्तले जानकारी पाएपछि डिप्रेशनको औषधि खाएको बुझियो । सोहि अनुसारको व्यवहार प्रकट गरेकाले हामीले पनि उसलाई छोडिदियौं, डिएसपीले भने ।

खोजीको उजुरी पनि
काठमाडौंबाट झापा घर फर्किएका गजमेर परिवारको सम्पर्कमा नआएपछि परिवारले इप्रका अनारमनीमा खोजी कार्यका लागि उजुरी दियो । प्रहरीले हराएको मान्छे नियन्त्रणमा छ भन्ने नभएपछि प्रहरी युनिटहरुलाई सर्कुलर मात्र ग¥यो । डिएसपीले भने – हराएको व्यक्ति बाहिर खोजी गर्न थालियो, यहाँ राखेको तर्फ ध्यान पुगेन । र, उनको व्यहार अस्वभाविक भएपछि हामीले छाडिदिम् । अहिलेसम्मको घटना अनुसार हराएको कुनै व्यक्ति प्रहरी नियन्त्रणमा हुन सक्छ भनेर खोजी पनि गरिएको थिएन ।

राती ११ बजे माइधारमा
साँझमा इप्रकाले छोडेको व्यक्ति राती ११ बजे माइधारको एउटा लिम्बू थरको घरमा ढोका खोलेर छिरेको सूचना माइधार प्रहरीलाई भयो । लगत्तै प्रहरी पुग्यो, असई विनोद कोइरालाको कमाण्डमा । पहिलो पटक प्रहरीलाई जानकारी नगराई लिम्बू परिवारले घरबाट निकालेर बारिह पठाएका थिए । दोस्रो पटक पनि जबरजस्ती ढोका ठेलेर भित्र पसेपछि प्रहरीलाई खवर भएको थियो ।

माइधार प्रहरीले ति युवकलाई सोधपुछ ग¥यो । त्यसपछि झिलझिले प्रहरीलाई जानकारी गरायो । झिलझिले प्रहरीले ति युवक वेवारिसे तरिकाले घुमफिर गर्ने व्यक्ति भएकाले नियन्त्रणमा नलिन निर्देशन आयो र उनलाई सम्झाएर त्यहाँबाट पनि छोडियो । त्यसपछि गजमेर पूर्वतिर तिर लागेको प्रहरीको सूचनामा छ ।

कनकाई पुल मुनी शव फेला
सोमबार विहान माइखोलामा स्थानीयले शव देखेर सुरुङा प्रहरीलाई जानकारी गराए । त्यहाँ माइधारको प्रहरी टोली पनि आइपुग्यो । बिहानै कनकाईमा अर्को पनि शव भेटियो । एका विहानै दुई वटा शव भेटिएको सूचना भएपछि डिएसपी थापा पनि घटनास्थल पुगे । मुचुल्का पनि उठाइयो । प्रहरीका अनुसार एउटा शव तिनै गजमेरको रहेछ । परिवारले पनि थाहा पायो । परिवार पनि उनको खोजीमा सक्रिय थियो ।

प्रहरीमाथि शंका
बिर्तामोड प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिको शव भेटिएपछि परिवारले प्रहरी माथि नै शंका गरेका छन् । तर, डिएसपी थापाले भने, वेवारिसे प्रकृतिको व्यक्ति र त्यसमा पनि कसैले लिखित उजुरी नगरेपछि उनलाई छोडिसकेको हो । घुमफिर गर्दै माइधार पुगेका गजमेरको शव कनकाई पुल मुनी भेटिएपछि शंका उब्जीएको छ ।

मानसिक असन्तुलन रहेका गजमेर लिम्बूको घरबाट पूर्व लागेपछि के भयो त्यसको बारेमा अनुसन्धान हुन्छ । माइधारबाट पूर्व लागेका गजमेर माइ पुलसम्म आइपुग्दा के भयो, त्यो खोजीको विषय चाँही बनेको छ, डिएसपी थापाले भने ।

झरेरै ज्यान गएको अनुमान
जथाभावि हिडडुल गर्ने गजमेर पुलमाथिबाटै खसेका हुन् भने त्यसै कारण ज्यान गएको हुन सक्ने अनुमान गर्न सकिन्छ । उनको शव प्रकृति हेर्दा पुलबाट खसेर टाउको बजारिएको देखिन्छ । प्रहरी भन्छन्, अहिलेको स्थितिमा भवितव्य हो वा कर्तव्य हो भन्न सकिदैन, हामी अनुसन्धानमा छौं । यता, परिवारले भने प्रहरी नियन्त्रणमा लिएको व्यक्ति कसरी शवको रुपमा भेटियो ? सुरक्षा अधिकारीहरुका अनुसार प्रहरीमाथि शंका नगरांै, घटनाको सत्यतथ्य अनुसन्धान शुरु नै भइसक्यो ।

प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार  १२ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]