बैशाख १४, २०८१ शुक्रबार

ताप्लेजुङ कोरोना मुक्त

ताप्लेजुङ – ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ सङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ सङ्क्रमित भएका थिए । कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : कार्तिक १०, २०७८ बुधबार  १२ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]