बैशाख २६, २०८१ बुधबार

अर्जुनधारा एमालेमा गोम्देन निर्वाचित

बिर्तामोड । नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो । उनीहरु दुवै जना अर्जुनधारा नगरपालिकाका वडाध्यक्ष समेत हुन् । अहिले साँझ सार्वजनिक मत परिणाम अनुसार गोम्देनले ११७ र गौतमले १०२ मत ल्याएका छन् ।

यस्तै, उपाध्यक्षमा लोकमान श्रेष्ठ, उपसचिवमा सरता भण्डारी र जनक चौलागाई निर्वाचित भएका छन् । पदाधिकारीमा सचिव मात्रै सर्वसम्मत भएको थियो । सचिवमा लवकुश गौतम सर्वसम्मत भए । ७० जना सदस्य समेत सर्वसम्मत भइसकेका छन् ।

प्रकाशित मिति : कार्तिक १२, २०७८ शुक्रबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]