चैत्र १६, २०८० शुक्रबार

वित्तिय दृष्टिले मजबुद सहारा : गाईभैसीलाई सुत्केरी भत्तादेखी विपन्नलाई डाक्टर बनाउनेसम्मका योजना सार्वजनिक

बिर्तामोड । अन्तराष्ट्रिय पहिचान बनाएको सहारा नेपालले सामाजिक क्षेत्रमा विशेष योगदान गर्ने गरि योजना अघि बढाएको छ । बचत तथा ऋण मुख्य व्यवसाय गर्दै आएको सहाराले शिक्षा, स्वास्थ्य, कृषि, पशु पालन र रोजगारको क्षेत्रमा योगदान गर्ने योजना अघि सारेको छ ।

सहारा नेपालले आगामी कार्तिक २७ गने हुन लागेको २५ औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज चारपानेस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै सामाजिक योगदान सहितका सदस्यहरुको जीवनसँग जोडिएका योजना समेत सार्वजनिक गरेको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले संस्थाको योजना सार्वजनिक गर्दै सधैंको लागि सबैको सहारा बनाउने योजना अनुरुप काम गरिरहेको जानकारी दिए ।

उनले पशुपालनामा सुत्केरी भत्तादेखी विपन्नलाई डाक्टर अध्ययनमा २५ लाख अनुदानसम्म सहयोग गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । सदस्य संरक्षण सिद्धान्त राम्रो पालना गरे वापत विश्व स्तरीय मान्यता सर्टिफिकेशन प्राप्त सहाराले २०० सेवा केन्द्र र ५ लाख सदस्य बनाउने योजना सुनाए । उनले अबको केही वर्षमा नेपालका क वर्गका बैंकभन्दा सस्तो व्याजदरमा कर्जा दिने योजना समेत सुनाए ।

सहारा नेपालको शेयर पुँजी १ अर्व४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख, बचत ८ अर्व २३ करोड ९४ लाख, लगानीमा रहिरहेको ऋण १० अर्व १ करोड ४२ लाख, भौतिक सम्पत्ति४० करोड ८८ लाख र बाह्य ऋण १ अर्व ३२ करोड रहेको गिरीको भनाई छ । ०७८ आषाढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्व ७१ करोड ८१ लाख पुगेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यकाहक अध्यक्ष हरि प्रसाद निरौलाले सबैको भरोसा बनिरहेको सहारालाई अझ उत्कृष्ट बनाउदै जाने बताए । उनले सहाराले सामाजिक योगदानमा प्रभावकारी योजनाहरु बढाएको जानकारी दिए । सबैंको साथ सहयोगले नै सहारा यहाँसम्म आएको भन्दै उनले आगामी दिन आम नागरिक र सहारा बिच अझ समन्वय हुँदै जाने बताए ।

कार्यकारी प्रमुख महेन्द्र गिरीले सार्वजनिक गरेका महत्वपूर्ण बुँदाहरु

– यस संस्थाको २५ औं वार्षिक साधारणसभाको अन्तिम माईन्युट प्रमाणित भेला यहि मिति २०७८ कार्तिक २७ गते शनिवार सम्पन्न हुन गईरहेको कुरा जानकारी गराउँदछौं ।

– प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधि मुलक ढंगबाट सदस्यहरुलाई समापन साधारण सभामा सहभागिता गराईने छ ।

– संस्थाको वार्षिक नीति तथा कार्यक्रमहरुलाईपत्रकार सम्मेलन, सामाजिक सञ्जाल, रेडियो टेलिभिजन मार्फत हर तरहबाट सदस्यहरुलाई जानकारी गराउन प्रयत्न गरिने छ ।

– संस्थाले संचालन गर्ने एकाई साधारण सभा तथा माईन्युट हस्ताक्षर सभाहरुमा कोभिडको कारण सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मात्र कार्यक्रम सञ्चालन गरिने छ ।

– यसै वर्ष संस्थाले सदस्य संरक्षण सिद्धान्त राम्रो संग पालना गरे वापत Smart Campaingn Network ले प्रदान गर्ने विश्व स्तरको मान्यता प्राप्त स्मार्ट सर्टिफिकेशन प्राप्त गर्न सफल भएको छ ।

– यो अवस्थासम्म आइपुग्दा संस्थाको वित्तिय कारोवार १३ अर्व नजिक र सामाजिक पूँजिमासमेत उल्लेखनिय प्रगती हाँसिल भएको छ । यतिसम्मकी अव हर व्यक्तिलाई सहाराको सदस्य हुनुनै ईज्जत, प्रतिष्ठा र गौरव महशुस हुन थालेको छ ।

– संस्थाले आफ्नो वित्तिय अवस्थालाई अझ मजबुत बनाउने सोच अनुरुप २०७८–२०८८ सम्मको लागि रणनीतिक योजना निर्माण गरी एक खर्वको लक्ष्य तय गरिने छ ।

– यो संस्थामा २०७८ आषाढ मसान्तसम्म १,५०,३५४ जना शेयर सदस्यहरु आवद्ध रहनु भएको छ भने प्रदेश १ का ११ जिल्लाका८० गाँउ तथा नगरपालिकाहरुलाई कार्य क्षेत्र बनाई कार्य गरिरहेको छ । संभवत यो संस्था देशकै उत्कृष्ट संस्थाकोरुपमा समेत पर्दछ ।

– यो संस्थाको वित्तिय अवस्था अत्यन्त मजवुद रहेको कुरा आँकडाले प्रस्तुत गर्ने नै छ । जसमा शेयर पुँजी १ अर्व४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड५७लाख, बचत ८अर्व २३ करोड ९४ लाख,लगानीमा रहिरहेको ऋण १० अर्व १ करोड ४२ लाख, भौतिक सम्पत्ति४० करोड ८८ लाख र बाह्य ऋण १ अर्व ३२ करोड रहेको छ । ०७८ आषाढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्व७१ करोड ८१ लाख पुगेको छ ।

– अहिलेको यो जटिल परिस्थितिमा पनि संस्थाले यस वर्ष ४५ करोड १२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाले यस वर्ष देखि नयाँ नारा “मेरो गौरव, मेरो सहारा, सधैंको लागि सवैको लागि” भन्ने तय गरेको छ ।

– बिगत वर्ष र्झै कोभिडको कारण ऋणको साँवा तथा ब्याज तिर्न नसकेको अवस्थामा पनि संस्थाले कुनै पनि प्रकारको ऋणमा हर्जना, जरिवाना लिएको छैन । साथै कोभिड पोजेटिभ भएका ४००० भन्दा बढी सदस्यहरुलाई घरदैलोमा नै गई पोषण सामाग्री बितरण गरिएको थियो ।

– संस्थाको रजत वर्षको अवसर पारेर हामीले संस्था स्थापना गर्ने व्यक्तिहरु, पूर्व संचालक तथा सल्लाहकारहरुलाई सम्मान गरिएको थियो भने राष्ट्रिय व्यक्तित्व सम्मान सहकारीका धरोहर माननीय केशव बडाललाई दिने घोषणा भएकोमा यसै साधारण सभामा सम्मान गरिने छ ।

– संस्थाले यस आ.व.०७८-०७९ को लागि वित्तिय तथा गैह् बित्तिय १६ वटा शीर्षकहरुमा७२ वटा कार्यक्रम प्रस्तावित गरिएको छ । यि कार्यक्रमहरुलाई सारांशमा प्रस्तुत गरिने छ ।

– यस संस्थाले सदस्यहरुलाई क्रमश : प्रविधि मैत्री बनाउदै लैजाने योजना अघि सारेको छ । जसमा ट्यावलेट बैकिङ, मोवाईल एप्स, क्यु.आर.कोड र एस.एम.एस बैंकिङ संचालनमा ल्याई सकेको छ । यसै वर्ष देखि ए.टी.एम.सेवा पनि संचालनमा ल्याईने छ ।

– संस्थाले यसै वर्षदेखि सहुलियत ब्याजदरको वैदेशिक ऋण ल्याउन प्रयत्न गरिने छ । यो ऋण रोजगारी सृजना र गरिवी न्यूनिकरणको लागि प्रदान गरिने छ ।

– “म पनि उद्यमी”– कार्यक्रमले सम्पूर्ण शेयर सदस्यहरुलाई उद्यमी बनाउन प्रयास गरिने छ । यस अन्तर्गत आगामी ४ वर्ष भित्र दश हजार उद्यमी सदस्य तयार हुने छन् । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गरिने छ ।

– यो संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन शुरु गर्ने नीति लिएको छ । जस अनुरुप अल्पसंख्यक अति बिपन्न परिवारका सदस्यका छोरा छोरी (संन्थाल, मुसहर, लेप्चा, किसान)लाई डाक्टर९ःद्यद्यक्० अध्ययनको लागि १० जनालाई सहयोग पुर्याउने छ । यस वर्ष २ जनाबाट शुरुवात गरिने छ ।

– यसै गरी यस वर्ष संस्थाका २०० अति विपन्न परिवारका सदस्यहरुलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनी मा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराईने छ ।

– यो संस्थाको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पूर्ण अशक्तता, एकल महिला-पुरुष, ज्येष्ठ सदस्यहरु तथा अनाथ वालवालिकाहरुको संरक्षणमा संस्थाले प्रदान गर्दै आएको सहयोग निरन्तर रहने छ ।

– यो संस्थाको महत्वपूर्ण लोकप्रिय स्वास्थ्य कार्यक्रम अन्तर्गत ९ योजना अघि सारिएको छ । यस कार्यक्रम अन्तर्गत सुत्केरी पोषण, होम केयर, संजिवनी, जिवन बरदान, सिनियर सिटिजन हेल्थ केयर,वेलनेस सेन्टर, एम्बुलेन्स सेवा, फार्मेसी सेवा र बिपन्नलाई स्वास्थ्य वीमा कार्यक्रम यस वर्ष पनि संचालनमा ल्याईने छ ।

– संस्थाले कोभिड पोजेटिभ भएका सदस्यहरुलाई होम आईसोलेसनमा बस्दा औषधि वापत रु ७०००/– र अस्पताल भर्ना भई उपचार गराउनु परेमा रु ३,००,०००/– सम्म उपचार सहयोग लाई निरन्तरता दिईने छ ।

– संस्थाले समुदायिक बिकासको कार्यक्रम अन्तर्गत उदयपुर र पाँचथरका बिकट गाँउपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई एम्बुलेन्स उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईने छ । यस वर्ष पनि ४ वटा एम्बुलेन्स बितरण गरिने छ ।

– यस संस्थाले सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज वनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभुत डाईग्नोसिस सेवा सुरु गर्न एक भवन निर्माण कार्यको थालनी गरिने छ ।

– यो संस्थाको तेस्रो महत्वपूर्ण योजनाको रुपमा रहेकोकृषि तथा पशु व्यवसाय प्रर्वधन रहेको छ । यस वर्ष देखि संस्थाले सदस्यहरुको उत्पादनहरुलाई बजारिकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । यसको लागि सम्भाव्यता अध्ययन गरी किसानहरुको १० वटा उत्पादनलाई प्रशोधन र बजारीकरण साथै उत्पादनमा प्राविधिक सहयोग समेत गर्नेछ ।

– यो संस्थाका शेयर सदस्यहरुले व्यवसायिक कृषि ऋण लिई गाई तथा भैंसी पालन गरिरहेको भएमा सो वाट बाछा–बाछी,पाढा–पाढी जन्मेको अवस्थामा सुत्केरी भत्ता वापत रु १,०००/– उपलब्ध गराईने छ ।

– यो संस्था क्रमश : एउटा बलियो संस्थाको रुपमा स्थापित हुन एकीकरण प्रक्रियालाई निरन्तरता दिर्दै आएको छ । आगामी दिनमा पनि बिग मर्जको अवधारणासमेतलाई अघि बढाईने छ ।

– यो संस्थाले यसै आ.व. भित्र ८५ सेवा केन्द्र, २ लाख सदस्य र १६ अर्वको वासलात वनाउदै ६० करोड नाफा कमाउने प्रक्षेपण गरेको छ । यसै वर्ष संस्थाको छैंटौं अधिवेशनबाट संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्न पहल गरिने छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७८ सोमबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]