चैत्र १५, २०८० बिहीबार

नेकपा एमाले हल्दिवारीको अध्यक्षमा त्रिलोचन सापकोटा सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो । २ दिनअघि सहमति भएपनि आज मात्रै सार्वजनिक गरिएको छ ।

पालिका कमिटीको ७५ सदस्य नै सर्वसम्मत भएको सापकोटाले जानकारी दिए । सर्वसम्मत भएका सापकोटा हल्दिवारी १ का वडाध्यक्ष समेत हुन् । युवा संघ झापाका पूर्व अध्यक्ष सापकोटा जिल्लाको युवा राजनीतिमा लोकप्रिय नेता हुन् । पार्टी एकताको समयमा सापकोटालाई नै अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनले हल्दिवारीमा एमाले जोगाउन खेलेको भूमिका कारण उनैलाई सर्वसम्मत गरिएको छ ।
यस्तै, सचिवमा सर्वसम्मत भएका पोर्तेल युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हुन् । उनी हल्दिवारी गाउँपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ताको भूमिका छन् । स्थानीय राजनीतिमा पोर्तेल सक्रिय छन् ।

अध्यक्ष मण्डलका सदस्य डम्बर गिरीले पार्टीलाई एक ढिक्का बनाउन सर्वसम्मत नेतृत्व चयन गरिएको बताएका छन् । उनको महत्वपूर्ण भूमिकाकै कारण हल्दिवारीमा विवादरहित नेतृत्व चयन भएको हो ।

प्रकाशित मिति : कार्तिक १६, २०७८ मंगलबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]