बैशाख १४, २०८१ शुक्रबार

नेपाली कम्युनिष्ट राजनीतिमा जबजको महत्व

संजिव गिरी

जबज अर्थात जननेता मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद ।(Peoples Multiparty Democracy) । जबज त्यो कालखण्डको उपज हो । जुन वेला विश्‍वमा साम्यवादी शक्तिहरू प्रतिरक्षात्मक अवस्थामा थिए । त्यस वेला मदन भण्डारीले साम्यवादी शक्ति पनि लोकतान्त्रिक मान्य, मूल्यलाई अङ्घिकार गर्दै स्वच्छ प्रतिस्पर्धाबाट राज्य सत्ताको बाघडोर सम्हाल्न सक्छन् भन्ने मान्यता स्थापित गर्नु भयो । जुन बेला कम्युनिस्टहरू तानाशाह हुन्छन्, सत्ता बन्दुकको नालबाट मात्र प्राप्ति हुन्छ भन्ने मान्यतालाई चिर्दै नेपालका कम्युनिस्टहरू बुलेटबाट होइन ब्यालेट बाट, जनताको मतबाट, जनताको साथ र समर्थनका साथ चुनावी यात्राबाट शासन सत्तामा जानु पर्ने विचार अगाडि राख्दै नेपालमा कम्युनिष्ट आन्दोलनलाई हिसांत्मक हुन नदिई त्यसलाई सुरक्षित अवतरण गराएका थिए ।

सोभियत संघको विघटन पछि कम्युनिष्ट शक्तिहरू समाप्त भए भन्ने जुन विश्‍व लहर थियो । विभिन्न देशमा जस्तै चीन, भियतनाम, क्युवा, लगायत अन्य देशमा पनि कम्युनिस्ट शक्तिहरू सङ्घर्षको मैदानमा थिए । मदन भण्डारीले भने नेपाल जस्तो रणनीतिक महत्व बोकेको दुई ठूला देश, एक दोश्रो ठूलो लोकतन्त्रिक मुलुक भारत र सोभियत संघ विघटन पछि कम्युनिस्ट शक्तिको मसिहाको रूपमा अगाडि बढदै गरेको चीनको बीच नेपालको माटो सुहाउँदो मौलिक नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद प्रतिपादित गरियो । जुन कार्यक्रमलाई ठोस रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पाचौँ राष्ट्रिय महाधिवेशन (२०४९ माघ १४–२०) मा पारित गरियो ।

जबजको सान्दर्भिकता

जबजका मुख्य विशेषताहरू संविधानको सर्वोच्चता, बहुलवादी खल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन बहुमतको सरकार तथा संवैधानिक प्रतिपक्ष , कानुनी राज्य, वैदेशिक पुँजी र प्रविधिको उपयोग, क्षतिपूर्तिको नीति, वैदेशिक नीति, नेतृत्व र अधिनायकत्व जनवादी व्यवस्थाको सुदृढीकरण आदी रहेका छन् । जुन कम्युनिष्ट कट्टरपन्थी सोच भन्दा फरक थियो । नेपालको हकमा यदि त्यो बेला कम्युनिस्ट शक्ति मौलिक तरिकाले अगाडि बढ्न सक्थ्यो भने त्यो जबजकै बाटो नै हो । सोभियत संघको विघटनले ल्याएको स्कलन, साम्राज्यवादी शक्ति अमेरिकाको दबदबा तथा चीन र भारत माझको सन्तुलन नीति, पञ्चशील नीति सापेक्ष, डिफ्याक्टो (Defacto) नीतिको बाछिटाबाट अलग राख्दै जबज समाजवादको अग्रगामी यात्राको नयाँ रेखाङ्कन थियो ।

यदि दक्षिण एसियाली मुलुक इन्डिया र नेपालमा साम्यवादी शक्ति मौलाउन भने त्यो जबजको विशेषताहरू बाट हो । समाजको ढाँचा र विश्व परिवेशलाई नबुझी कट्टरपन्थी सोच मात्र अपनाइन्छ भने त्यसले सार्थकता नपाउन सक्छ । उदाहरणको लागि इन्डियामा कट्टरपन्थी कम्युनिष्टको अवस्था हेरौँ र नेपालमा ‘प्रचण्डपथ’ जसले राज्यसत्ताको जन्म बन्दुकको नालबाट हुन्छ र सेना बिनको पार्टी कम्युनिष्ट पार्टी हुनै सक्दैन भन्ने जिकिर गर्थे । ‘युद्धबाहेक सबैथोक भ्रम हुन्’ भन्ने मान्यता बोक्थ्यो, शस्त्रबलद्बारा सत्ताकब्जा गरी ‘सर्वहारा’ अधिनायकत्व स्थापना गर्ने लक्ष्य राख्थ्यो र संसद बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्नेका अवस्था के छ ? । कुन प्रणालीमा टेकेर राजनिति गर्दैछन त ? अवसय बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो त्यो चिनको जस्तो एक सर्वसत्ता पार्टी त होइन । इंडियाबाट संचालित नेपालका मओवादीले चीनका माओले जस्तो क्रान्ति गर्ने सपना देख्नु मिथ्या थियो । माओवादी युद्ध जबजको शरणमा अवतरण गरिएको थियो । ‘प्रचण्डपक्ष’ ले ठुलो धक्‍का खाए पश्‍चात् आज यो विचारधारा पराजित भएको छ । बन्दुक राज्यलाई हस्तान्तरण र सेनाको विघटनसँग यसको आधारभूत जग नै भत्किएको छ र यसका आर्किटेक्टहरु स्वयम् भित्तमा लेखिएको ‘प्रचण्डपथ’ मेटाउन सेतो रङ्ग र ब्रस बोकेर हिडिरहेका छन् । इन्डियाको र अमेरीकाको संरक्षणमा भएको दश वर्ष कथित जनयुद्ध र प्रचण्डपथ प्रचण्ड आफैले विर्सिसके भने जबज नेपाली कम्युनिस्ट आन्दोलनको मियो बनिरहेको छ ।

जबज सामाजिक नीति

खाना नपाई मान्छे बाच्दैन, मान्छेलाई बाच्न दिने कुरा यति मात्र हैन कि उसलाई गोली नहानियोस, यति मात्र हैन कि उसलाई फासी नदिहियोस, यो पनि हो कि उसको जिबिकोपार्जनको ग्यारेन्टी कसरी गर्ने । आफ्ना देशका नागरिकलाई गाँस, बाँस कपास, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति कसरी गराउने । वास्तवमा यी आधारभूत कुराको शुनिश्‍चिततानै समाजवादको जग हो । कुनै पनि नेपाली भोक, शोक, रोग , शिक्षा, दिक्षा नपाई, अकालमा मर्नु नपरोस, आफ्नै देशमा बाच्न र मर्न पाउन विदेशी भूमिमा कुकुर, विरालो मरेझैँ मर्नु नपरोस यहि हो नेपालीका लागि समाजवाद । पैसा छ भने राम्रो शिक्षा, दिक्षा पाउन निजि स्कुलमा पढ पैसा छैन भने सरकारी स्कुलमा पढ , पैसा छ भने गुणस्तर स्वास्थ्य सुविधा पाउन निजी अस्पताल जाउ पैसा छैन भने सरकारी अस्पताल जाउ ।

एकै देशमा दुई सामाजिक निती अन्त्य हुनुपर्छ । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ समाजवादमा । कम्तिमा शिक्षा र स्वास्थय सरकारीकरणका साथ उच्च स्तरिय कडा नियमन हुन जरुरी छ । जल, जङ्गगल र जमिन पुँजीवादी, कुलिन धरना, जमिन्दारको हातबाट मुक्त गराई सरकारको स्वामित्वमा हुनुपर्छ । पराम्पारिक कृषि शैलीलाई नयाँ प्रविधि प्रयोग गरी उत्पादनमा नेपाललाई आत्म निरभर बनाउनु पर्छ । कृषि उद्योगमा निजि लगानिकर्तालाई प्रोत्साहन गर्नुपर्छ । त्यसै गरी विद्युत आयोजनामा वृहत लगानी गरी राष्ट्रपुँजी निर्माण गर्नुपर्छ । नेपाललाई पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटक प्रवर्द्धनका निम्ति पुर्वधारा तयार पारी पर्यटन क्षेत्रमा नेपाललाई अगाडि बढाउन पर्छ । हवाई सेवा, यातायतको उचित व्यवस्था, होटलहरुको राम्रो प्रवन्ध हुन जरुरी छ । त्यसको लागि हामीले उचीत आर्थिक निति अवलम्व गर्न जरुरी छ । यदि हामीले यति मात्र गर्ने हो भने पनि हामी आत्मनिर्भर र धेरै हद्सम्म स्वरोजगार हुने छौं । सुखी नेपाली संबृद्ध नेपालको एक मजबुद जग हुनेछौं ।

प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार  १२ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]