जेष्ठ ७, २०८१ सोमबार

सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्यष्टि

झापा । भारतीय जनता पार्टीकी नेतृ तथा भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । ६७ वर्षको उमेरमा मंगलबार राति हृदयाघातका कारण नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको थियो ।


बुधबार दिउँसो पार्टी हेडक्वार्टरमा राखेर अन्तिम श्रद्धान्जली दिइएको थियो । उनलाई लोधी रोड क्रिमेटोरियम (दाहसंस्कार स्थल) मा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।
स्वराजको अन्तिम संस्कार उनकी छोरी बाँसुरीले गरेकी हुन् ।

उनको अन्त्यष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भुटानका पूर्वप्रधानमन्त्री छिरिङ तोग्बेलगायतका नेताहरु सहभागी थिए । प्रधानमन्त्री मोदीले स्वराज करोडौं जनताको प्रेरणाको श्रोत भएको र उनको मृत्युले ठूलो क्षति पुगेको बताएका छन् । उनले ट्विटमार्फत् भनेका छन्, ‘भारतीय राजनीतिको गौरवपूर्ण पाठको अन्त्य भएको छ ।’


सुष्मा राजनीतिमा आउनुअघि भारतको सर्वोच्च अदालतकी वकिल थिइन् । प्रधानमन्त्री मोदीको पहिलो शासनकालमा २६ मे २०१४ बाट ३० मे २०१९ सम्म विदेशमन्त्री भएर कार्यभार सम्हालेकी थिइन्, उनले । उनी भारतमा विदेशमन्त्री हुने इन्दिरा गान्धीपछि दोस्रो महिला हुन् । उनी सात पटकसम्म संसद सदस्यका रुपमा निर्वाचित भएकी थिइन् ।


उनी सन् १९७७ मा हरियाणा राज्यमा २५ वर्षमै मन्त्री भएकी थिइन् । उनले दिल्लीको पाँचौं मुख्यमन्त्रीका रुपमा पनि १३ अक्टोबर १९९८ देखि ३ डिसेम्बर १९९८ सम्म काम गरेकी थिइन् । सन् २०१४ को आम निर्वाचनमा उनी मध्यप्रदेशको विदिशा क्षेत्रबाट निर्वाचित भएकी थिइन् । मत अन्तर झण्डै ४ लाख थियो ।


सुष्माले स्वास्थ्य समस्याकै कारण सन् २०१९ को आम निर्वाचनमा लड्न अनिच्छा व्यक्त गरेकी थिइन् । सन् २०१६ मा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
स्क्रोल डटइन

प्रकाशित मिति : श्रावण २२, २०७६ बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]