बैशाख १३, २०८१ बिहीबार

युरोप कोभिड महामारीको ‘इपिसेन्टर’ मा : विश्व स्वास्थ्य संगठन

काठमाडौं, १९ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले महाद्वीपभरी कोभिड संक्रमण बढिरहेकाले यूरोप फेरि कोभिड महामारीको ‘इपिसेन्टर’ (केन्द्र) मा रहेको चेतावनी दिएको छ ।

एक पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुगले फेब्रुअरीसम्म थप आधा मिलियनको (पाँच लाख) मृत्यु देख्न सकिने बताए । उनले यो वृद्धिको लागि अपर्याप्त खोप लिनुलाई दोष दिए । उनले कोभिड १९ को वृद्धिबाट जोगिन रणनीतिहरू परिवर्तन गर्नुपर्ने बताए ।

पछिल्ला महिनामा युरोपभरी नै खोप लगाउने दर सुस्त भएको छ । जबकी स्पेनमा लगभग ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका छन्, त्यो संख्या फ्रान्स र जर्मनीमा कम छ । फ्रान्समा ६८ प्रतिशत र जर्मनीमा ६६ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । केही मध्य र पूर्वी युरोपियन देशहरूमा अझै कम छ । अक्टोबर सम्म ३२ प्रतिशत रुसीहरूले मात्र पूर्ण खोप लिएका छन् ।

क्लुगले केही मध्य एसियाली भागसहित ५३ देश समेट्ने युरोपियन क्षेत्रमा कोभिड संक्रमणको वृद्धि हुनुमा जनस्वास्थ्य मापदण्डहरूको फितलोपनलाई पनि जिम्मेवार ठहराएका छन् । डब्ल्यूएचओले त्यस क्षेत्रमा अहिलेसम्म १० लाख ४० हजार मानिसको मृत्यु भएको जनाएको छ ।

डब्ल्यूएचओको कोभिड १९ मा प्राविधिक नेतृत्त्व मारिया भान करकोभाले खोप र उपकरणहरूको पर्याप्त आपूर्तिको बावजुद युरोपमा विगत चार हप्तामा कोभिड संक्रमण ५५ प्रतिशतभन्दा बढीले वृद्धि भएको बताए । उनका सहकर्मी डा. माइक रायनले यूरोपको अनुभव विश्वको लाई चेतावनी भएको बताएका छन् ।

पछिल्लो २४ घण्टामा जमर्नीमा झण्डै ३४ हजार कोभिड संक्रमण रेर्कड गरिएको छ । यस्तै यूकेमा त्यो भन्दा धेरै ३७ हजार संक्रमित भएका छन् । रुसमा वितेको हप्ता ८ हजार १ सयको मृत्यु भएको छ । यस्तै युक्रेनमा ३ हजार ८ सयको मृत्यु भयो । युक्रेनले पछिल्लो २४ घण्टामा २७ हजार ३७७ संक्रमित भएको जनाएको छ । यस्तै, युरोपका अन्य देशमा पनि कोभिड संक्रमण बढेको छ । बीबीसी

प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]